धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा मंसिर २६ र २७ गते खनियाबास गाउँपालिका–स्थित दार्खामा सञ्चालन गरिएको निःशुल्क विशेष स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। खनियाबास गाउँपालिका–४ स्थित खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ७७७ जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको यस स्वास्थ्य शिविरमा टाढा–टाढाबाट स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। सहज र निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितका चिकित्सकहरूको…
धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा मंसिर २६ गते खनियाबास गाउँपालिका–स्थित दार्खामा आयोजना गरिएको निःशुल्क विशेष स्वास्थ्य शिविर आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदायलाई लक्षित गरी खनियाबास–४ स्थित खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको यस शिविरमा दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरू टाढा–टाढाबाट स्वास्थ्य सेवा लिन आएका थिए। उनीहरूलाई सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य यस शिविरको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितका चिकित्सकहरूको टोलीले दिनभर स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थिए । बिहान १० बजे सुरु भएको सेवा…
बेनिघाट रोराङ, धादिङ। बेनिघाट रोराङ-५, स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा "प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता" को आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवका खेलहरूलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउनका लागि विभिन्न विधाका खेलहरू तथा बौद्धिक प्रतियोगिताहरू समावेश गरी यो विशेष प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। संकायबीच प्रतिस्पर्धा प्रतियोगितामा क्याम्पसका दुई संकायहरू : व्यवस्थापन (BBS) र शिक्षा (B.ED) बीच मुख्य प्रतिस्पर्धा हुनेछ। सम्पूर्ण खेल तथा बौद्धिक कार्यक्रमहरू मंसिर २१, २२ र २३ गते सञ्चालन हुनेछन्। आयोजकले सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित भई आफ्नो संकायको तर्फबाट खेलमा सहभागी हुन र आफ्नो संकायलाई जिताउन सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। स्ववियुको सक्रियता…
धादिङ — नीलकण्ठ बहुमुखी क्याम्पसको २६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा औषधि वितरण कार्यक्रममा २११ जनाले स्वास्थ्य सेवा लिएका छन्। पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ -१२ मा सम्पन्न कार्यक्रममा महिला १४१ जना पुरुष ७० जना ले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य नीलकण्ठ नगरपालिका वडा नं.–१२ का अध्यक्ष राजकुमार भण्डारी रहनुभएको थियो। कार्यक्रमको सुरुवात उहाँकै स्वास्थ्य परीक्षणबाट सुरु गरिएको थियो। शिविरमा MDGP, BDS र BAMS विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण, मधुमेह जाँच तथा आयुर्वेदिक औषधि वितरण सेवा प्रदान गरेको थियो। शिविरपछि धादिङ अस्पतालका डा. दिनेश रेग्मीले…
धादिङ: राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन, संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी चयन आसन्न प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी रूपमा पर्यवेक्षण गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङको पुनर्गठन गरिएको छ। समिति पुनर्गठन प्रक्रियामा सर्वपक्षीय, समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। जातजाति, भाषा, लिङ्ग तथा भौगोलिक क्षेत्रगत समावेशीतालाई प्राथमिकता दिँदै अनिवार्य प्रतिनिधित्वको आधारमा पुनर्गठन गरिएको समितिले जनाएको छ। पुनर्गठित १३ सदस्यीय जिल्ला समितिको संयोजकमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङका पूर्व सहसंयोजक कृष्णराज अधिकारी चयन भएका छन्। त्यस्तै सहसंयोजकमा गैसस महासंघ धादिङको नि अध्षक्ष अधिवक्ता तोला कुमारी पाठक, सचिवमा उद्योग वाणिज्य संघ धादिङका कार्यकारी प्रमुख रमेशराज अधिकारी, तथा कोषाध्यक्षमा उद्योग वाणिज्य…
धादिङ, — आन्तरिक राजस्व कार्यालय गल्छीले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट करदाताको रुपमा राज्यको राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने करदातालाई सम्मान गरेको छ। उक्त अवसरमा आर्जित कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. का अम्बिका खड्का ज्यूलाई कार्यालयको तर्फबाट सम्मान–पत्र हस्तान्तरण गरिएको हो। कर कटानी तथा करदाताको दायित्व पालनामा आदर्श दृष्टान्त प्रस्तुत गरेको भन्दै कार्यालयले उहाँलाई उच्च कदर गरेको जनाएको छ। कार्यक्रम “कर प्रणालीको साथ, लगानीको आधार” भन्ने नारासहित आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले पारदर्शी कारोबार, समयमै कर दाखिला तथा स्रोत व्यवस्थापनमा अनुकरणीय भूमिका निर्वाह गर्ने करदाताहरू…
गोरखा :- गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पनि सदाको जस्तै भव्य रूपमा मुन्थला पूर्णिमा मेला–२०८२ सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमल्सिना रहनु भयो भने विशिष्ट अतिथि वडा नं. ८ का अध्यक्ष श्री कोकिल पुलामी मगर हुनुहुन्थ्यो। मेलामा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। मन्दिर परिसरमा स्थानीय फुलाडोलीमा बाजा र राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले दिएका साँस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए। राति ११ बजे सुरु भएको कार्यक्रम बिहान ६ बजेसम्म निरन्तर रूपमा सञ्चालन भयो। मेलाको समापनपछि भक्तजनहरूले मन्दिरमा पूजा–आजा, प्रसाद ग्रहण र…
धादिङ:-धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–५, चेकबाङ पोखरीमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण श्री बाग्बच्छलादेवी देवी मन्दिरमा आज बेलुका (कार्तिक १८ गते) कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बाजागाजासहित फुलको डोली लैजाने तयारी गरिएको छ। सो अवसरमा स्थानीय बासिन्दा तथा भक्तजनहरूको उपस्थितिमा मन्दिरका पुजारी चेतुनाथ खनालको घरबाट फुलको डोली, नाचगानसहित निकालिने भएको छ। त्यसैगरी, • चापखोला निवासी समाजसेवी बुद्धबहादुर गुरुङको घरबाट पञ्चेबाजासहित फुलको डोली, • सुकैरोबेसी निवासी टंकबहादुर श्रेष्ठको घरबाट फुलको डोली, • र तिनघरे निवासी मानबहादुर श्रेष्ठको घरबाट फुलको डोली लैजाने तयारी गरिएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन बागछल्ला देवी मन्दिर परिसरमा मेला लाग्ने परम्परा रहिआएको मन्दिरका पुजारी चेतुनाथ…
धादिङ — काठमाडौं इन्फिल्डर्स क्लबका बाइक राइडरहरूको टोलीले धादिङबेसी पौवा घर, रिजालथोक, भैरवी मन्दिर हुँदै भैरवी माध्यमिक विद्यालय पुगेर ७० जना बालबालिकालाई विद्यालय झोला र स्टेशनरी सामग्री वितरण गरेको छ। क्लबका सदस्य रियाज पौडेलका अनुसार, “हामी जहाँ घुम्न जान्छौं, त्यहाँ केही न केही सामाजिक सहयोग गर्ने प्रयास गर्छौं,” भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। उक्त टोलीले भैरवी मन्दिर भ्रमणपछि प्रसिद्द धार्मिक स्थल गुप्तेश्वर मन्दिर हुँदै हाइवे निक्लिएको थियो। धादिङमा बाइक राइड गर्नका लागि निकै उपयुक्त र रमणीय रुट रहेको समेत राइडरहरूको भनाइ छ। यहाँका स्थानीय जनताहरूले बाइक राइडरहरूको सहयोग र आगमनप्रति हार्दिक माया र स्वागत गरेका छन्। उनीहरूले…
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा हरेक वर्षझैं यस वर्ष पनि हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। आगामी कार्तिक १४ गते हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा लोकप्रिय कलाकारहरू टीका सानू, आशा बिसी, राजकुमार नेपाली, भरत बराकोटी, नवराज काप्रि (भाले), सपना रोका र अविरल मगर लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम रहेको छ। यस वर्षको कार्यक्रमका मुख्य संरक्षक बेनीघाट रोराङ गाउँपालिका, विशालटार रहेका छन्।कार्यक्रमको आयोजक महादेवस्थान सामुदायिक सिकाई केन्द्र र आमा समूह सञ्जाल, महादेवस्थान हुन्। कार्यक्रमलाई सफल बनाउन हवासिन सिमेन्ट प्रा.लि., शिवम सिमेन्ट प्रा.लि., त्रिशक्ति…