Skip to main content

Sacho Khabar

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९

अशोक श्रेष्ठ

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पनि सदाको जस्तै भव्य रूपमा मुन्थला पूर्णिमा मेला–२०८२ सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमल्सिना रहनु भयो भने विशिष्ट अतिथि वडा नं. ८ का अध्यक्ष श्री कोकिल पुलामी मगर हुनुहुन्थ्यो।

मेलामा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

मन्दिर परिसरमा स्थानीय फुलाडोलीमा बाजा र राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले दिएका साँस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।

राति ११ बजे सुरु भएको कार्यक्रम बिहान ६ बजेसम्म निरन्तर रूपमा सञ्चालन भयो।

मेलाको समापनपछि भक्तजनहरूले मन्दिरमा पूजा–आजा, प्रसाद ग्रहण र बलि चढाउने परम्परा अनुसार धार्मिक विधि–विधानका साथ पूजा अर्चना गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...