Skip to main content

Sacho Khabar

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

 

चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Agni Incorporated Pvt. Ltd.(!) ले आयोजना गरेको विशेष सार्वजनिककरण समारोह सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुग्लिङ प्रहरी कार्यालय का प्रहरी निरीक्षक प्रतिक सिंह ले “महेन्द्र म्याक्स पिकअप बोलेरो” गाडीको अनावरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कुरिनटारस्थित महिन्द्रा सोरुम का शाखा प्रमुख सुरेश जंग रायमाझी का अनुसार “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” अन्य बोलेरो गाडीभन्दा फरक तथा आधुनिक विशेषतायुक्त रहेको छ। उक्त गाडी विशेषगरी व्यवसायिक प्रयोजन, ग्रामीण सडक तथा अफरोड क्षेत्रमा प्रयोगका लागि डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो। BSVI इन्जिन गाडीले अफरोड क्षेत्रमा समेत राम्रो माइलेन्स दिने साथै ९ फिट ढालाको लम्बाई ,५ . ६ इन्चको चौडाई ,२१० mm ग्राउन्ड क्लियरेन्स र रियर पार्किङ सेन्सर भएको समेत भएको बताउनु भयो ।

नयाँ पिकअपमा शक्तिशाली 2523 CC इन्जिन, 2WD BSVi मोडल, आधुनिक डिजाइन तथा आरामदायी क्याबिन रहेको छ। भारी सामान बोक्न उपयुक्त मानिएको यो गाडी आजैदेखि बुकिङका लागि खुला गरिएको शाखा प्रमुख रायमाझीले बताउनुभयो।

कम्पनीका अनुसार 1.7 LX 2WD BSVi मोडलको मूल्य रु २९ लाख ९५ हजार निर्धारण गरिएको छ भने 2.0L SXi 2WD BSVi मोडलको मूल्य रु ३२ लाख ९५ हजार रहेको छ। साथै, गाडीको बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...