Sacho Khabar

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

 

धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

शान्ति नेपाल अन्तर्गत सञ्चालित सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजना (TSCTP, Dhading) को सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सार्वजनिक सुनुवाइमार्फत आयोजना निर्माण प्रक्रिया, भौतिक प्रगति, आय–व्यय विवरण तथा उपलब्धिबारे स्थानीय उपभोक्तालाई जानकारी गराइएको हो।

सार्वजनिक गरिएको विवरणअनुसार आयोजना २०८२ असोज १८ गते सम्झौता भई २०८३ असार ३० गते सम्पन्न भएको हो। बगुवा खोला मुहान रहेको यस आयोजनाबाट ५८ घरधुरीका ५३६ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

आयोजनाको अनुमानित कुल लागत रु. २१ लाख ३३ हजार ४४६ रहेकोमा शान्ति नेपालबाट रु. १३ लाख २४ हजार ९४६, गाउँपालिका तथा वडाबाट रु. ५ लाख र उपभोक्ता समुदायबाट रु. २ लाख ८ हजार ५०० बराबरको श्रमदान रहने व्यवस्था गरिएको थियो।

सार्वजनिक सुनुवाइमा प्रस्तुत विवरणअनुसार निर्माणका क्रममा शान्ति नेपालबाट रु. १४ लाख २३ हजार ८७० र गाउँपालिका तथा वडाबाट रु. ४ लाख १० हजार ६०५ खर्च भएको जानकारी दिइएको छ।

आयोजनाअन्तर्गत १ वटा नयाँ मुहान संरचना निर्माण, १ वटा मुहान मर्मत, ४ हजार ५ सय ५५ मिटर मुख्य पाइपलाइन विस्तार तथा ७५ वटा घरधारा निर्माण गरिएको छ। साथै आवश्यक अन्य संरचनासमेत निर्माण गरी फुलखर्कका स्थानीयलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाइएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति, सरोकारवाला निकाय तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा आयोजनाको आर्थिक तथा भौतिक प्रगति सार्वजनिक गर्दै पारदर्शिता, जवाफदेहिता र दिगोपनमा जोड दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...