धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। शान्ति नेपाल अन्तर्गत सञ्चालित सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजना (TSCTP, Dhading) को सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सार्वजनिक सुनुवाइमार्फत आयोजना निर्माण प्रक्रिया, भौतिक प्रगति, आय–व्यय विवरण तथा उपलब्धिबारे स्थानीय उपभोक्तालाई जानकारी गराइएको हो। सार्वजनिक गरिएको विवरणअनुसार आयोजना २०८२ असोज १८ गते सम्झौता भई २०८३ असार ३० गते सम्पन्न भएको हो। बगुवा खोला मुहान रहेको यस आयोजनाबाट ५८ घरधुरीका ५३६ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आयोजनाको अनुमानित कुल लागत रु. २१ लाख ३३ हजार ४४६…