Sacho Khabar

समाचार

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक वर्ष मार्च २४ का दिन मनाइने राष्ट्रिय क्षयरोग दिवसले मानव स्वास्थ्यका लागि अझै चुनौतीका रूपमा रहेको क्षयरोग (TB) विरुद्धको लडाइँलाई थप सशक्त बनाउने अवसर प्रदान गर्दछ । सन् १८८२ मा डा. रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको स्मरणमा मनाइने यो दिवसले आजको युगमा पनि TB नियन्त्रणका लागि निरन्तर प्रयास आवश्यक रहेको सन्देश दिन्छ । नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा विद्यमान छ । यद्यपि पछिल्ला वर्षहरूमा निदान, उपचार र निगरानीमा उल्लेखनीय सुधार भएका छन्, तर अझै पनि धेरै…
Read More
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्रेष्ठ आइतबार नेत्रावती डबजोङ गाउँपालिकामा पुगेर मतदातासँग भेटघाट गर्दै सरकारी कार्यालय तथा विभिन्न विकास निर्माणका योजनास्थलको अवस्था बुझ्नुभएको थियो। यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरहरूमा उहाँ सवार गाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी, अर्थात् रास्वपा, को झण्डा राखिएको र कोटमा पार्टीको लोगो देखिएपछि यस विषयमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ। केही नागरिकले जनताबाट निर्वाचित भइसकेपछि जनप्रतिनिधि जनता माझ जाँदा पार्टीको ब्याच वा झण्डा प्रयोग नगरी तटस्थ रूपमा जानुपर्ने सुझाव दिएका छन्। त्यस्तै बोल्दा पनि दलगत नाराभन्दा सबैलाई समेट्ने भाषा प्रयोग…
Read More
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। हाल उहाँको उपचार काठमाडौंस्थित नेपाल नेशनल अस्पताल को आईसियुमा भइरहेको छ। उहाँसँगै अन्य घाइतेहरूको पनि उपचारपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जनाइएको छ। विसुन्खेले आफू अहिले बोल्न सक्ने अवस्थामा पुगेको जानकारी दिनुभएको छ। दुर्घटनापछि उद्धारमा खटिनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। यसैबीच अस्पताल व्यवस्थापनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। अस्पतालका म्यानेजर समीर शर्माले उपचाररत बिरामीहरूको उपचारमा कुनै कमी हुन नदिने जानकारी दिनुभयो। अस्पतालका अनुसार उपचारका लागि आएका १० जना घाइतेमध्ये एक…
Read More
भैरवी मन्दिर केन्द्रित पर्यटन योजना अघि बढाउने प्रतिवद्धता -धमला

भैरवी मन्दिर केन्द्रित पर्यटन योजना अघि बढाउने प्रतिवद्धता -धमला

फागुन ७, धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि धादिङ क्षेत्र न। २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले विहीबार नीलकण्ठ नगरपालिकाको वडा न ६ र ७ मा घरदैलो तथा कोणसभा कार्यक्रम गर्नुभएको छ । विहीबार प्रजातन्त्र दिवस समेत रहेकाले लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुप्रति सम्झना गर्दै विहाबारको घरदैलो कार्यक्रम सुरु गुर्नभएको थियो । साविकको सुनौलोबजार गाविस समेत रहेको वडा नं ६ र ७ का भोर्ले, नवलपुर, जल्किनी, कुसुण्डे, पिपलछाप, तारुखर्क लगायतका स्थानमा कोणसभा गर्दै नेपाली काँग्रेसलाई भोट दिन आग्रह गर्नुभएको हो । कोणसभालाई सम्वोधन गर्ने क्रममा नेता धमलाले काँग्रेस…
Read More
नेकपा (एमाले) उम्मेदवार भूमि त्रिपाठीद्वारा विस्तृत योजना सार्वजनिक

नेकपा (एमाले) उम्मेदवार भूमि त्रिपाठीद्वारा विस्तृत योजना सार्वजनिक

धादिङ, । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं. १ का नेकपा (एमाले)का प्रत्यक्ष उम्मेदवार भूमि त्रिपाठीले संविधानको रक्षा, सुशासन र दिगो विकासलाई केन्द्रमा राखी विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जनताको संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अस्थिरता र अव्यवस्थालाई जनमतबाट परास्त गरी स्थायित्व र समृद्धिको मार्गमा देशलाई अघि बढाउनु वर्तमान आवश्यकता भएको बताउनुभयो। काठमाडौंसँग जोडिएको जिल्ला हुँदाहुँदै पनि धादिङ सम्भावनाका बाबजुद विकासको मूलधारबाट पछाडि परेको उल्लेख गर्दै उहाँले विगतमा सुरु गरिएका अधुरा आयोजना सम्पन्न गर्नु पहिलो प्राथमिकता हुने स्पष्ट गर्नुभयो। पूर्वाधार तथा शहरी विकासमा जोड उम्मेदवार त्रिपाठीले नागढुंगा–नौबिसे…
Read More
सल्यानटारमा एमाले उम्मेदवार धनबहादुर घलेको प्रतिवद्धता, व्यवस्थित बस्ती विकास ् स्वास्थ्य शिक्षाको प्रतिवद्धता

सल्यानटारमा एमाले उम्मेदवार धनबहादुर घलेको प्रतिवद्धता, व्यवस्थित बस्ती विकास ् स्वास्थ्य शिक्षाको प्रतिवद्धता

धादिङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ । मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास, सडक खानेपानी र शिक्षाको व्यवस्थित योजना सहित निति बनाएर विकास गर्ने प्रतिवद्धता एमाले उम्मेदवार घलेले गर्नुभएको छ । सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्दै सुबिधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुढीगण्डकी जलविद्युत परियोजना तत्काल सुरु गर्न दवाव दिने, परियोजनाबाट विस्थापित नागरिकको पुनस्थापना, बस्ती विकास गर्ने योजनामा दवाव दिने उम्मेदवार घलेले मतदातासंग प्रतिवद्धता गर्नुभयो । एमाले…
Read More
आयुष रिजालको उपचारका लागि पश्चिम अष्ट्रेलियाबाट आर्थिक सहयोग ।

आयुष रिजालको उपचारका लागि पश्चिम अष्ट्रेलियाबाट आर्थिक सहयोग ।

पर्थ (अष्ट्रेलिया), पश्चिम अष्ट्रेलियास्थित नेप्लिज हिमालयन एसोसिएसनले आयुष रिजालको उपचार तथा बोन म्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग संकलन गरेको छ। एसोसिएसनका अध्यक्ष मनोज भट्टको पहलमा सञ्चालित सहयोग अभियानमार्फत नेपाली समुदायबाट एक लाख १५ हजार रुपैयाँ रकम संकलन गरिएको हो। मानवीय संवेदना, करुणा र एकताको भावनासहित सञ्चालन गरिएको उक्त अभियानमा अष्ट्रेलियामा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको एसोसिएसनले जनाएको छ। बोन म्यारो क्यान्सर सङ्ग जुधिरहेका आयुषको जीवनरक्षाका लागि समुदाय एकजुट भई सहयोगमा जुटेको बताइएको छ। उक्त अभियानमा सहयोग गर्नेहरूमा अध्यक्ष मनोज भट्ट, अस्मिता बराल, विक्रम जंग थापा, समिर पौडेल, पारस श्रेष्ठ, विष्णु गुरुङ (सानु), ललित थापा, विनोद थापा, लक्ष्मी आर्याल, सन्तोष भट्ट,…
Read More
धादिङ २ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

धादिङ २ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घले चैनपुर स्थित बुढी गण्डकी प्रभावितसंग छलफल गर्नुभएको छ । बुढी गण्डकी जलासययुक्त १२ सय मेगावाटको जलविद्युत परियोजना निर्माणमा ढिलाई भएको, मुआब्जा पाएपनि नागरिकको पुनरबासको व्यवस्थापन नभएको सम्बन्धमा ज्वालामूखी गाउँपालिका वडा नम्बर ७ चैतपुर क्षेत्रका नागरिकले एमाले उम्मेदवारलाई प्रश्न गर्दै जनताको माग सरकारसंग पुर्याउन र समस्या समाधान गर्न आग्रह गरेका थिए । एमाले उम्मेदवार घलेले बुढी गण्डकी जलविद्युत परियोजना एमालेमा जलश्रोतमन्त्री तथा उर्जामन्त्री गोकर्ण विष्टहुँदा सुरु गरिएको भन्दै एमालेले सरकार बनाएर परियोजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विस्थापितहरुलाई पुनर्वास गराउन र जलविद्युत परियोजना निर्माणका लागि आफूले निर्वाचित भएपछि कार्यान्वयन गराउन…
Read More
जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

धादिङ २५ माघ धादिङ निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले जनयुद्धका क्रममा आफूलाई गोली लागेको स्थान नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट मतदाता भेटघाट अभियानको शुभारम्भ गर्नुभएको छ । जिल्ला इञ्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले गोलाभञ्ज्याङका स्थानीयले दिएको जीवनदान आफूले कहिल्यै नबिर्सने बताउनुभयो । “मलाई पुनर्जन्म दिने यही ठाउँ हो, यहीँका जनताले मेरो जीवन बचाउनुभयो,” भावुक हुँदै भण्डारीले भन्नुभयो । शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य दिपा सिंखडा, केन्द्रीय सदस्य तथा उम्मेदवार रामबहादुर भण्डारी, केन्द्रीय सदस्य जगत सिंखडा, केन्द्रीय सदस्य मनराज भण्डारी (शैलश) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीयले पनि पालैपालो माइक समात्दै…
Read More
एमाले धादिङ–काठमाडौं सम्पर्क कमिटीले गर्‍यो निर्वाचन लक्षित बृहत् कार्यक्रम

एमाले धादिङ–काठमाडौं सम्पर्क कमिटीले गर्‍यो निर्वाचन लक्षित बृहत् कार्यक्रम

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ–काठमाडौं सम्पर्क कमिटीले निर्वाचनलाई लक्षित गर्दै बृहत् कार्यक्रम आयोजना गरेको छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मूल मर्मका साथ उम्मेदवार तथा नेकपा एमालेका नेताहरुसँग निर्वाचन विशेष बृहत कार्यक्रम गरेको हो । कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले नागरिकको चाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि यो निर्वाचन निर्णायक हो । हामीलाई हार्ने छुट छैन । हामी हार्दा नेपाल हार्छ, लोकतन्त्र र संविधान हार्छ” उनले भने– ‘एमाले एजेण्डासहित चुनावी मैदानमा उत्रिएको र…
Read More