Skip to main content

Sacho Khabar

भैरवी मन्दिर केन्द्रित पर्यटन योजना अघि बढाउने प्रतिवद्धता -धमला

फागुन ७, धादिङ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि धादिङ क्षेत्र न। २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले विहीबार नीलकण्ठ नगरपालिकाको वडा न ६ र ७ मा घरदैलो तथा कोणसभा कार्यक्रम गर्नुभएको छ ।
विहीबार प्रजातन्त्र दिवस समेत रहेकाले लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुप्रति सम्झना गर्दै विहाबारको घरदैलो कार्यक्रम सुरु गुर्नभएको थियो ।
साविकको सुनौलोबजार गाविस समेत रहेको वडा नं ६ र ७ का भोर्ले, नवलपुर, जल्किनी, कुसुण्डे, पिपलछाप, तारुखर्क लगायतका स्थानमा कोणसभा गर्दै नेपाली काँग्रेसलाई भोट दिन आग्रह गर्नुभएको हो ।
कोणसभालाई सम्वोधन गर्ने क्रममा नेता धमलाले काँग्रेस बदलियएर देश र जनताको लागि काम गर्ने सोच विचार गरी नयाँ भिजनका साथ आएका अव जनताको साथ आवश्यक रहेको बताउनुभयो ।
घरदैलो कार्यक्रममा गाउँमा भेटिएका जेष्ठ नागरिकदेखि युवाहरुले रमेश धमलाको उम्मेद्वारीले धादिङ काँग्रेसमा पनि उत्साह पलाएको र अव पार्टीले काम गरेर देखाउने अवसर आएको बताउनुभएको छ।
आफु पनि लामो समय पर्यटन उद्योग ब्यवसायमा काम गरेर राजिनितीमा आएको बताउदै धमलाले गाउँका युवालाई सकेसम्म गाउँमै र गाउँमा नसकेपनि देशमै बस्ने बातावरण बनाउनको लागि अवको काँग्रेसले काम गर्ने बताउनुभयो ।
सुनौलाबजारको भैरवी मन्दिर पर्यटकिय क्षेत्रको रुपमा उदाउदै गरेकाले पिपलछाप तारुखर्क कुसुण्डे लगायतका गाउँहरुमा होमस्टे प्रवद्र्धन गर्न सकेको खण्डमा भैरवी मन्दिर घुम्न आउने पर्यटकलाई एक रात गाउँमै राख्ने योजना आफुले अघि सार्ने बताउनुभयो ।
वडा नं ६ र ७ का विभिन्न टोलबस्तीहरुमा पुग्नुभएको धमलाले स्थानीयहरुसंग साक्षात्कार गर्दै गाउँटोलको समस्या र गुनासोहरु पनि संकलन गर्नुभएको छ ।
दैनिक घरदैलोमा रहनुभएका नेता धमलाई सुन्न बुझ्न र प्रश्न गर्न पनि नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिले अनुरोध गरेको छ । नेपाली काँग्रेसले विहीबार मात्रै २०८२ को निर्वाचन पछि गर्ने कामहरुको प्रतीज्ञापत्र सार्वजनिक गरेकाले उक्त प्रतीज्ञा पत्र अध्ययन गरेर प्रश्न गर्न पनि आग्रह गरेको छ ।
शुक्रवार धमलाले नीलकण्ठ नगरपालिकाको वडा नं ८ र ९ (साविकको मुरलीभन्ज्याङ गाविस) घरदैलो तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै यो निर्वाचन क्षेत्रकै सवैभन्दा धेरै मतदाता रहेको नीलकण्ठ नगरपालिका वडा नं ३ मा पनि घरदैलो कार्यक्रम गर्ने रहेको क्षेत्र नं २ को निर्वाचन प्रचार प्रसार समितिका संयोजक नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...