Skip to main content

Sacho Khabar

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण नदी किनारमा थुप्रिएका फोहोरजन्य वस्तु हटाउँदै सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलका अनुसार गाउँपालिकाका विभिन्न पाँच स्थानबाट एकैपटक सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। वडा नं. ३ को त्रिशूली मधुमती इको पार्क, वडा नं. ५ को सिउरेनीटार जाने पक्की पुल, वडा नं. ७ को चौरौदी सहकारी, वडा नं. ९ को मझिमटार वडा कार्यालय र वडा नं. १० को हुग्दीखोलाबाट सरसफाइ गरिएको हो।

अभियानमा गाउँपालिका अध्यक्ष कृष्ण थपलिया ‘विवेक’, गाउँपालिकाका कर्मचारी, राजनीतिक दल, सहकारी, आमा तथा महिला समूह, युवा क्लब, सामाजिक संघसंस्था, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

सरसफाइसँगै त्रिशूली नदी तथा खोलाको किनारको अवस्था, बाढीबाट भएको क्षति, नदी किनारमा कुनै मानव वा जीवजन्तु फसेको वा पुरिएको अवस्था छ कि छैन भन्ने विषयमा समेत स्थलगत निरीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलले बताउनुभयो।

उहाँका अनुसार सरसफाइ गर्ने क्रममा नदी किनारको जोखिमपूर्ण अवस्था पहिचान गर्दै सम्भावित विपद् न्यूनीकरण र स्थानीयको सुरक्षा सुनिश्चित गर्ने कामलाई समेत प्राथमिकता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...