धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण नदी किनारमा थुप्रिएका फोहोरजन्य वस्तु हटाउँदै सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलका अनुसार गाउँपालिकाका विभिन्न पाँच स्थानबाट एकैपटक सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। वडा नं. ३ को त्रिशूली मधुमती इको पार्क, वडा नं. ५ को सिउरेनीटार जाने पक्की पुल, वडा नं. ७ को चौरौदी सहकारी, वडा नं. ९ को मझिमटार वडा कार्यालय र वडा नं. १० को हुग्दीखोलाबाट सरसफाइ गरिएको हो। अभियानमा गाउँपालिका अध्यक्ष कृष्ण थपलिया ‘विवेक’,…