Sacho Khabar

ताजा खबर

प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, दुई संकायबीच खेल प्रतिस्पर्धा हुने

प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, दुई संकायबीच खेल प्रतिस्पर्धा हुने

बेनिघाट रोराङ, धादिङ। बेनिघाट रोराङ-५, स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा "प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता" को आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवका खेलहरूलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउनका लागि विभिन्न विधाका खेलहरू तथा बौद्धिक प्रतियोगिताहरू समावेश गरी यो विशेष प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। संकायबीच प्रतिस्पर्धा प्रतियोगितामा क्याम्पसका दुई संकायहरू : व्यवस्थापन (BBS) र शिक्षा (B.ED) बीच मुख्य प्रतिस्पर्धा हुनेछ। सम्पूर्ण खेल तथा बौद्धिक कार्यक्रमहरू मंसिर २१, २२ र २३ गते सञ्चालन हुनेछन्। आयोजकले सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित भई आफ्नो संकायको तर्फबाट खेलमा सहभागी हुन र आफ्नो संकायलाई जिताउन सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। स्ववियुको सक्रियता…
Read More
भरतपुरका फुटबलर प्रकाश भुजेललाई “स्व. अञ्जन स्मृति कप–२०८२” मा सम्मान

भरतपुरका फुटबलर प्रकाश भुजेललाई “स्व. अञ्जन स्मृति कप–२०८२” मा सम्मान

धादिङ — बेनीघाट–रोराङ गाउँपालिका–५, चौकीटारस्थित अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भरतपुर महानगरपालिका, चितवन निवासी फुटबलर प्रकाश भुजेललाई सम्मान गरेको छ। स्थानीय स्तरबाट फुटबल यात्राको सुरुवात गरेका भुजेलले आफ्नो समर्पण, अनुशासन र मेहनतका माध्यमबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको सफलता हासिल गरेका छन्। फुटबल क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका उनको सम्मानमा प्रतिष्ठानले “स्व. अञ्जन स्मृति कप–२०८२” को समापन अवसरमा सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल सिलवाल, संयोजक सुजन भट्टराई र प्रमुख अतिथि **कृष्ण ब. थपलिया (विवेक)**ले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्दै प्रकाश भुजेलको योगदानप्रति गर्व प्रकट गरेका थिए।
Read More
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कारागारका कैदीहरूले केही दिनअघि खानेकुरा र लत्ताकपडा जलाएपछि समस्या थपिएको थियो। यस्तै, ताला चावी फुटाएर भाग्न खोज्ने क्रममा कैदी र सुरक्षाकर्मीबीच भएको झडपमा सेनाको गोलीबाट २ जनाको कैदीको निधन भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भईरहेको छ यस्तो परिस्थितिमा रेडक्रसले कम्बल, बाल्टिन र जग उपलब्ध गराएको हो। जिल्ला रेडक्रसका सभापति दुर्लभ कुमार तामाङ, मन्त्री नेम कुमार श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यालय प्रमुख आगमन खतिवडाले कारागार प्रशासक सरस्वती अधिकारीलाई सामग्री हस्तान्तरण गरेका हुन्। कारागार प्रशासनले…
Read More
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा वक्तव्यमा उनले काठमाडौंसहित देशभरका स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि भएको दमन, हत्या र बलप्रयोगले आफू स्तब्ध बनेको बताएका छन्। “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले पदमा अडिरहन नसकेको” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। मन्त्री अधिकारीले लोकतन्त्रमा नागरिकको प्रश्न सोध्ने अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्दै युवापुस्तासँग सहकार्य गर्नुपर्ने सट्टा…
Read More
सडक सरसफाइमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित स्थानीयको सक्रियता

सडक सरसफाइमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित स्थानीयको सक्रियता

धादिङ – सिद्धलेक गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउँकमिटीको आयोजनामा सडक सरसफाइसहित श्रमदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत स्थानीयबासिन्दा तथा नेताहरूले मुख्य सडकमा जम्मा भएको हिलो, धुलो र फोहर हटाउँदै बाटो सफा गरेका थिए। सडक सरसफाइको क्रममा स्थानीयले एकआपसमा मिलेर बाटो वरिपरि संकलित मैला व्यवस्थापन गरे भने हिलो पन्छाएर यातायात आवागमन सहज हुने वातावरण तयार पारिएको थियो। यस अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यू स्वयं स्थानीयसँगै हातमा उपकरण लिएर हिलो सफा गर्दै श्रमदानमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो। उहाँले सरसफाइलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै “स्वच्छ वातावरण नै स्वस्थ जीवनको…
Read More
धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
Read More
धादिङको नीलकण्ठ–४ मा वडास्तरीय तीज गीत प्रतियोगिता हुने

धादिङको नीलकण्ठ–४ मा वडास्तरीय तीज गीत प्रतियोगिता हुने

धादिङ, भदौ ९ । हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ । “सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत…
Read More
“समग्र देशकै उत्कृष्ट पालिका : धादिङको नीलकण्ठ नगरपालिका”

“समग्र देशकै उत्कृष्ट पालिका : धादिङको नीलकण्ठ नगरपालिका”

धदिङ , ६ भदौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका ६ स्थानीय तहहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरेको छ नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार, “अङ्कको उत्कृष्टता अवस्था होइन तर सीमित स्रोत र साधनको सही व्यवस्थापनको परिचायक हो।” सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता जस्ता सूचकहरूमा नगरपालिकाले उच्च प्रदर्शन गरेको बताउनु भएको छ । यस सफलताको पछाडि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहभागिता, पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहमा सुधारले महत्वपूर्ण भूमिका रहेको मेयर भिम प्रसाद…
Read More
धादिङमा पेट्रोल ट्याङकरमा आगलागी

धादिङमा पेट्रोल ट्याङकरमा आगलागी

धादिङ — धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोला नजिकै पेट्रोल बोकेको ट्याङकरमा आगलागी भएको छ। मंगलवार बिहान करिब १०:२० बजे बाराको अमलेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको ट्याङकरमा इन्जिनको तार सर्ट भई अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याङकरमा करिब २० हजार लिटर पेट्रोल रहेको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा खटिएको टोली, स्थानीयवासी र दमकलको सहयोगमा करिब १०:३० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार आगलागीमा मानविय क्षति नभएको र इन्जिनको तार मात्र क्षतिग्रस्त भएको छ। साथै, घटनाका कारण बाटो अवरुद्ध नबनेकोले सवारीसाधन आवागमन सामान्य रहेको छ।
Read More
३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ १ भदौ ।३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनुभएको थियो । उहाँले तामाङ पत्रकारिताले समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अझ सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङ पत्रकार सङ्घ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षता रहेको थियो । अध्यक्ष तामाङले समुदायको आवाजलाई मुख्यधारको सञ्चारमा पुर्‍याउने उद्देश्यले प्रसारण दिवसलाई निरन्तरता दिइएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरूलाई सङ्गठित र सक्षम बनाउन सङ्घ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार, सञ्चारकर्मी,…
Read More