Skip to main content

Sacho Khabar

“समग्र देशकै उत्कृष्ट पालिका : धादिङको नीलकण्ठ नगरपालिका”

धदिङ , ६ भदौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका ६ स्थानीय तहहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरेको छ

नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार,
“अङ्कको उत्कृष्टता अवस्था होइन तर सीमित स्रोत र साधनको सही व्यवस्थापनको परिचायक हो।”
सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता जस्ता सूचकहरूमा नगरपालिकाले उच्च प्रदर्शन गरेको बताउनु भएको छ ।
यस सफलताको पछाडि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहभागिता, पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहमा सुधारले महत्वपूर्ण भूमिका रहेको मेयर भिम प्रसाद ढुङगानाले बताउनु भएको छ ।

शुक्रबार, मन्त्रालयमा आयोजित समारोहमा मंत्रालयकी मन्त्री भगवती न्यौपाने उपस्थित रहेकी थिइन्, जहाँ सम्मान गरिएका स्थानीय तहहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो
सम्मानित स्थानीय तहहरू यसप्रकार छन्:
• नीलकण्ठ नगरपालिका (धादिङ) – समग्र स्थानीय तहमध्ये उत्कृष्ट नगरपालिका
• बेनीघाट रोराङ गाउँपालिका (धादिङ) – उत्कृष्ट गाउँपालिका
• रुरुक्षेत्र गाउँपालिका (गुल्मी)
• अर्जुनचौतारी गाउँपालिका (स्याङ्जा)
• साथै, खैरहनी नगरपालिका (चितवन) र तिलोत्तमा नगरपालिका (रुपन्देही) पनि यस सूचीमा रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...