Sacho Khabar

पर्यटन

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा वक्तव्यमा उनले काठमाडौंसहित देशभरका स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि भएको दमन, हत्या र बलप्रयोगले आफू स्तब्ध बनेको बताएका छन्। “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले पदमा अडिरहन नसकेको” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। मन्त्री अधिकारीले लोकतन्त्रमा नागरिकको प्रश्न सोध्ने अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्दै युवापुस्तासँग सहकार्य गर्नुपर्ने सट्टा…
Read More
धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
Read More
जनै पूर्णिमा मेलामा गोसाइँकुण्डमा भक्तजनको भिड

जनै पूर्णिमा मेलामा गोसाइँकुण्डमा भक्तजनको भिड

धुन्चे, रसुवा – २०८२ साउन २३ गते गोसाइँकुण्डमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनै पूर्णिमाको अवसरमा विशाल मेला लागेको छ। गोसाइँकुण्ड तिर्थ स्थलमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। तीर्थ स्नान तथा धार्मिक अनुष्ठानका लागि देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू गोसाइँकुण्ड पुगिरहेका छन्। भक्तजनहरू बिहान सबेरैदेखि कुण्डमा स्नान गरी शिवजीको पूजा-अर्चना गर्दै तिर्थको महत्व सम्झिरहेका छन्। हिमाली क्षेत्रको कठिन यात्रा पार गर्दै आएका तीर्थयात्रीहरू भक्तिभावका साथ कुण्डमा डुबुल्की मारिरहेका छन्। “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउनुहोस्, सुरक्षा तथा व्यवस्थापनको पूर्ण तयारी गरिएको छ,” भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले। सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वास्थ्य तथा उद्धार टोलीहरू…
Read More
धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

५ साउन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिनुभयो । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।
Read More
पिपलमोड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

पिपलमोड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने

धादिङ -त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-पिपलामाेड सडक खण्ड १० दिन बन्द हुने भएको छ । बैशाख २२ गते सोमबारदेखि बैशाख ३१ गते बुधबारसम्म उक्त सडक खण्ड आंशिक रुपमा बन्द गरेर काम गर्न लागिएको हो । सो सडक खण्डको नागस्थान लगायतका स्थानमा असाेज दाेश्राे साता पहिराे झर्दा घण्टाै सडक अवरुद्ध बनेको थियाे । सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्ड योजनाले जनाएको छ । उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर योजनाले सबैमा जानकारी गराएछ । हाल सो सडकको १.८ किलोमिटरमा सडक सुधार गर्न लागिएको हो ।
Read More
बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

  बिर्तामोड मंसिर १ ।।   बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा  आयोजना हुँदै छ। मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई…
Read More
बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव हुँदै

बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव हुँदै

  बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोड स्थित सिटीसेन्टर उत्तर धर्मकाटा रोडमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले…
Read More
बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहिबारदेखि सञ्चालन आउने

बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहिबारदेखि सञ्चालन आउने

  इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो। गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन। इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको…
Read More
भेडेटारमा स्काईवाक सञ्चालन

भेडेटारमा स्काईवाक सञ्चालन

  धनकुटा साउन ११— पर्यटकीय स्थल भेडेटारमा निर्माण भएको स्काईवाक आजदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो। वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको हब मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ । ५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More