Skip to main content

Sacho Khabar

जनै पूर्णिमा मेलामा गोसाइँकुण्डमा भक्तजनको भिड

धुन्चे, रसुवा – २०८२ साउन २३ गते

गोसाइँकुण्डमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनै पूर्णिमाको अवसरमा विशाल मेला लागेको छ। गोसाइँकुण्ड तिर्थ स्थलमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। तीर्थ स्नान तथा धार्मिक अनुष्ठानका लागि देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू गोसाइँकुण्ड पुगिरहेका छन्।

भक्तजनहरू बिहान सबेरैदेखि कुण्डमा स्नान गरी शिवजीको पूजा-अर्चना गर्दै तिर्थको महत्व सम्झिरहेका छन्। हिमाली क्षेत्रको कठिन यात्रा पार गर्दै आएका तीर्थयात्रीहरू भक्तिभावका साथ कुण्डमा डुबुल्की मारिरहेका छन्।

“गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउनुहोस्, सुरक्षा तथा व्यवस्थापनको पूर्ण तयारी गरिएको छ,”
भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले।

सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वास्थ्य तथा उद्धार टोलीहरू पनि तैनाथ गरिएको स्थानीय प्रशासनले जनाएको छ। धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा सुरक्षाकर्मीहरू खटिएका छन्।

जनै पूर्णिमासँगै गोसाइँकुण्ड मेलाले धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...