Sacho Khabar

स्वास्थ्य

नीलकण्ठमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने

नीलकण्ठमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने

धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप अभियान संचालन गर्नका लागि नीलकण्ठ नगरपालिकाले तयारी गरेको छ । शुक्रबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै नीलकण्ठ नगरपालिकाले किशोरीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तयारी र प्रचारप्रसरको काम गरिरहेको छ । नीलकण्ठ नगरपालिकाका ३८ विद्यालयका ५ सय ६७ जना कक्षा ६ मा अध्यायनरत किशोरीहरु, विद्यालय बाहिर रहेका ३ जना १० वर्ष उमेरका किशोरीहरु र गतवर्ष एचपिभि खोप अभियानमा छुटेका १६ जना गरि ५ सय ८६ जना किशोरीलाई खोप लगाइने नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठका ३८ विद्यालय खोकेन्द्रबाट माघ २७ गतेदेखि एचपिभि खोप लगाइने छ । नीलकण्ठ…
Read More
नीलकण्ठ बहुमुखी क्याम्पसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २११ जनाले गरे स्वास्थ्य परीक्षण

नीलकण्ठ बहुमुखी क्याम्पसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २११ जनाले गरे स्वास्थ्य परीक्षण

धादिङ — नीलकण्ठ बहुमुखी क्याम्पसको २६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा औषधि वितरण कार्यक्रममा २११ जनाले स्वास्थ्य सेवा लिएका छन्। पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ -१२ मा सम्पन्न कार्यक्रममा महिला १४१ जना पुरुष ७० जना ले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य नीलकण्ठ नगरपालिका वडा नं.–१२ का अध्यक्ष राजकुमार भण्डारी रहनुभएको थियो। कार्यक्रमको सुरुवात उहाँकै स्वास्थ्य परीक्षणबाट  सुरु गरिएको थियो।     शिविरमा MDGP, BDS र BAMS विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण, मधुमेह जाँच तथा आयुर्वेदिक औषधि वितरण सेवा प्रदान गरेको थियो। शिविरपछि धादिङ अस्पतालका डा. दिनेश रेग्मीले…
Read More
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा धादिङमा एक जना पक्राउ

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा धादिङमा एक जना पक्राउ

धादिङ — धादिङ जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईराला रहेका छन्। प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो। इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उजुरी अनुसार कोईरालाले बालिकालाई बलपूर्वक करणी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि प्रारम्भिक सोधपुछ जारी छ भने थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ। यसैबीच,…
Read More
नेपाल नेत्र ज्योति संघ, धादिङले तेस्रो साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने

नेपाल नेत्र ज्योति संघ, धादिङले तेस्रो साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने

धादिङ – नेपाल नेत्र ज्योति संघ, धादिङले आफ्नो तेस्रो साधारण सभाको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम आगामी भदौ २१ गते शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म धादिङको सिरानबजारस्थित क्रिक रिसोर्ट, नीलकण्ठ–४ मा हुने छ। रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग गर्ने जनाएको छ। “रक्तदान, जीवनदान” नारासहितको यस अभियानमा स्थानीय दाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा आयोजक नेपाल नेत्र ज्योति संघ, धादिङले गरेको छ।
Read More
धादिङको गजुरीमा पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन हुने

धादिङको गजुरीमा पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन हुने

धादिङ । गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भाद्र १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ। युवा भजन गुरु गायक निश्चल सिलवालको विशेष संकल्पमा हुने कार्यक्रममा १८ गते बिहान ७ बजे बजार परिक्रमा तथा बेलुकी लाखबत्ती प्रज्वलन  गरि २४ घण्टा सम्म अखण्ड हरिकृतन गरिने छ ।    भक्तजनहरूले सम्पूर्ण मन्तव्यसहित करिब १००० बत्ती ल्याउन आयोजकले आग्रह   गरेका छन्। त्यसै अवसरमा १९ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान धादिङ जिल्लाको प्रथम अधिवेशन पनि हुने आयोजकले जनाएको छ । श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले कार्यक्रमको आयोजना…
Read More
लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर ईन्स्योरेन्स,भैरवी ईन्टरपाईजेजको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव अफ धादिङ भैरवीको अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहाकार सरोज अधिकारी, नेपाल…
Read More
धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
Read More
नीलकण्ठ नगरपालिकाबाट `ग´ वर्गका अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य विमा

नीलकण्ठ नगरपालिकाबाट `ग´ वर्गका अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य विमा

धादिङबेसी।श्रावण २३,२०८२ नीलकण्ठ नगरपालिकाले आ व २०८२/०८३ देखि `ग´ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क स्वास्थ्य विमा गर्ने भएकाे छ । साउन २१ गते बसेकाे नीलकण्ठ अपाङ्गता समन्वय समितिकाे बैठकले आ ब २०८२/०८३ साउन देखि लागू हुने गरि अनुमानित २७५ जना`ग´वर्गका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य विमाकाे रकम सत प्रतिशत नगरपालिकाले नै व्यहोर्ने नीतिलाई बैठकले पारित गरेकाे हाे । “स्वास्थ्य विमाकाे रकम`क´वर्गलाई संघीय सरकारले`ख´ वर्गलाई प्रदेश सरकारले र`ग´वर्गलाई नीलकण्ठ नगरपालिकाले व्यहोर्ने छ” समितिका संयाेजक दिपक विश्वकर्माले पैरवी अनलाइनलाई बताए । विगत वर्षमा ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत स्वयं व्यक्तिले व्यहाेर्नु पर्ने नीति थियो भने यस आ व देखि सत- प्रतिशत विमाकाे…
Read More
बगैंचा योग साधना केन्द्र धादिङको पाँचौं वार्षिकोत्सव सम्पन्न

बगैंचा योग साधना केन्द्र धादिङको पाँचौं वार्षिकोत्सव सम्पन्न

धादिङ, नीलकण्ठ– । पतञ्जलि योग समिति अन्तर्गत रहेको बगैंचा योग साधना केन्द्र, नीलकण्ठ नगरपालिका–८ को पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष सोही साधना केन्द्रका प्रभारी बद्री सुबेदी थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सदस्य तथा योग गुरु केशब थपलिया, विशेष अतिथि जिल्ला प्रभारी गोबिन्द कुमार श्रेष्ठ, महिला पूर्व प्रभारी सरस्वती पाण्डे, हालकी महिला प्रभारी कमला देवी श्रेष्ठ, जिल्ला महामन्त्री राजकुमार श्रेष्ठ, मिडिया सूचना प्रभारी अम्बिका सुबेदी, जिल्ला सदस्य तथा राधाकृष्ण योग साधना केन्द्रकी सञ्चालिका राममाया बुढाथोकी लगायत दर्जनौँ अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा योग गीत, कृतन, योग व्यायाम प्रदर्शन लगायतका विविध प्रस्तुतीहरू गरिएको थियो। साथै, २०८२ सालको…
Read More
लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको  नि:शुल्क  स्वास्थ्य शिविर  सम्पन्न ।

लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।

धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए । शिविरमा दम, सुगर,…
Read More