धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप अभियान संचालन गर्नका लागि नीलकण्ठ नगरपालिकाले तयारी गरेको छ । शुक्रबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै नीलकण्ठ नगरपालिकाले किशोरीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तयारी र प्रचारप्रसरको काम गरिरहेको छ । नीलकण्ठ नगरपालिकाका ३८ विद्यालयका ५ सय ६७ जना कक्षा ६ मा अध्यायनरत किशोरीहरु, विद्यालय बाहिर रहेका ३ जना १० वर्ष उमेरका किशोरीहरु र गतवर्ष एचपिभि खोप अभियानमा छुटेका १६ जना गरि ५ सय ८६ जना किशोरीलाई खोप लगाइने नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठका ३८ विद्यालय खोकेन्द्रबाट माघ २७ गतेदेखि एचपिभि खोप लगाइने छ । नीलकण्ठ…
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–४, हर्कपुरमा अवस्थित श्री हर्कपुर माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार पौष २३ देखि २५ गतेसम्म विद्यालय प्राङ्गणमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित स्वर्ण जयन्ती मनाइनेछ। वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले पाँच दशकको अवधिमा हजारौँ विद्यार्थी उत्पादन गर्दै समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। स्वर्ण जयन्तीको अवसरमा विद्यालयले स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग पुर्याउने दाताहरुलाई रकमको आधारमा सम्मान गरिने जनाएको छ। रु. ५ हजारदेखि माथि सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र, फ्रेमसहित प्रमाणपत्र, चाँदी तथा…
धादिङ: राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन, संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी चयन आसन्न प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी रूपमा पर्यवेक्षण गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङको पुनर्गठन गरिएको छ। समिति पुनर्गठन प्रक्रियामा सर्वपक्षीय, समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। जातजाति, भाषा, लिङ्ग तथा भौगोलिक क्षेत्रगत समावेशीतालाई प्राथमिकता दिँदै अनिवार्य प्रतिनिधित्वको आधारमा पुनर्गठन गरिएको समितिले जनाएको छ। पुनर्गठित १३ सदस्यीय जिल्ला समितिको संयोजकमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङका पूर्व सहसंयोजक कृष्णराज अधिकारी चयन भएका छन्। त्यस्तै सहसंयोजकमा गैसस महासंघ धादिङको नि अध्षक्ष अधिवक्ता तोला कुमारी पाठक, सचिवमा उद्योग वाणिज्य संघ धादिङका कार्यकारी प्रमुख रमेशराज अधिकारी, तथा कोषाध्यक्षमा उद्योग वाणिज्य…
धादिङ, धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–८ मा अवस्थित ऐतिहासिक रामकोट दरबारलाई संरक्षण र पुनःनिर्माण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम अघि बढाइएको छ। करिब पाँच सय वर्ष पुरानो मानिने यो दरबार क्षेत्रमा हाल नगरपालिका र वडाको पहलमा सरसफाइ, रंगरोगन र संरचनागत सुधारका कार्य भइरहेको छ। दशैँतिहारको अवसरमा दरबार वरिपरि बनाइएको ठूलो ८ पिर्के रङगटे पिङ खेल्न र घुम्न आउने भीडका कारण यो स्थल अझै आकर्षक बनेको छ। यसै क्रममा, नगरपालिका र प्रदेश सरकारको बजेट सहयोगमा ऐतिहासिक व्यक्तित्व राजा राम शाहाको शालिक निर्माण गरिएको छ। शालिक अनावरणसँगै दरबार परिसरको ऐतिहासिक र सांस्कृतिक महत्व झनै प्रष्ट भएको छ। वडा अध्यक्ष प्रकाश कुमार…
धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र भत्किन थालेको छ । स्थानीयले सहिदहरुको अनुहारसमेत मेल नभएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । “सहिदको नाममा लाखौँ बजेट खर्च भयो तर न त अनुहार मिलेको छ, न कामको गुणस्तर टिकेको छ,” एक स्थानीयले भने, “यो त सहिद अपमान हो ।” सालिक निर्माण भर्खरै सम्पन्न भए पनि हालैदेखि टुक्रिन थालेको देखिन्छ । यसले निर्माण कार्यमा गुणस्तरहीन काम भएको स्पष्ट देखाएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । यसअघि पनि विभिन्न ठाउँमा सार्वजनिक ढुकुटी खर्च गरेर बनाइएका संरचनाहरू छोटो समयमै भत्किएका…
धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा वक्तव्यमा उनले काठमाडौंसहित देशभरका स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि भएको दमन, हत्या र बलप्रयोगले आफू स्तब्ध बनेको बताएका छन्। “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले पदमा अडिरहन नसकेको” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। मन्त्री अधिकारीले लोकतन्त्रमा नागरिकको प्रश्न सोध्ने अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्दै युवापुस्तासँग सहकार्य गर्नुपर्ने सट्टा…
धादिङबेसी, १६ भदौ । प्रस्तावित संघीय शिक्षा ऐनको विरोधस्वरूप आज धादिङबेसीमा निजी तथा आवासीय विद्यालयहरूले स्कुल बस र्याली आयोजना गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा भएको सो आन्दोलनमा जिल्लाका दर्जनौँ विद्यालयहरूले सक्रिय सहभागिता जनाएका थिए। आयोजकका अनुसार ३० भन्दा बढी स्कुल बस र्यालीमा सहभागी भएका थिए। विद्यालय सञ्चालकहरूले नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई क्रमशः बन्द गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐन विभेदकारी छ र यसले निजी विद्यालयको अस्तित्वमै प्रश्न उठाएको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार ऐनमा समावेश गरिएका केही प्रावधानले विद्यालयहरूलाई अन्यायपूर्ण ढंगले निषेध गर्ने प्रयास…
धादिङ । गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भाद्र १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ। युवा भजन गुरु गायक निश्चल सिलवालको विशेष संकल्पमा हुने कार्यक्रममा १८ गते बिहान ७ बजे बजार परिक्रमा तथा बेलुकी लाखबत्ती प्रज्वलन गरि २४ घण्टा सम्म अखण्ड हरिकृतन गरिने छ । भक्तजनहरूले सम्पूर्ण मन्तव्यसहित करिब १००० बत्ती ल्याउन आयोजकले आग्रह गरेका छन्। त्यसै अवसरमा १९ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान धादिङ जिल्लाको प्रथम अधिवेशन पनि हुने आयोजकले जनाएको छ । श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले कार्यक्रमको आयोजना…
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर ईन्स्योरेन्स,भैरवी ईन्टरपाईजेजको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव अफ धादिङ भैरवीको अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहाकार सरोज अधिकारी, नेपाल…
धादिङ — एडभान्स एकेडेमीले तीज पर्वको विशेष अवसर पारेर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा ८५ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूको प्रस्तुति रंगीन पोशाक, आकर्षक शैली र तालमेलले भरिपूर्ण रहेकाले दर्शकदीर्घामा उपस्थित अभिभावक, शिक्षक तथा विद्यार्थीहरू मन्त्रमुग्ध बनेका थिए। साथै कक्षा ८, ९ र १० का विद्यार्थीहरूले प्रस्तुत गरेका शो डान्सहरूले कार्यक्रमलाई अझै रमाइलो र मनोरञ्जनात्मक बनाएको थियो। प्रतियोगिताको अध्यक्षता विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ज्ञानी माया तामाङले गर्नुभएको थियो। निर्णायकको भूमिकामा ड्रीम वेभ डान्स एकेडेमीका कोरियोग्राफर तथा विद्यालयका नृत्य…