Skip to main content

Sacho Khabar

अक्षयकोष स्थापनासहित पौष २३–२५ सम्म श्री हर्कपुर माविको स्वर्ण जयन्ती मनाइँदै

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–४, हर्कपुरमा अवस्थित श्री हर्कपुर माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ।

विद्यालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार पौष २३ देखि २५ गतेसम्म विद्यालय प्राङ्गणमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित स्वर्ण जयन्ती मनाइनेछ। वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले पाँच दशकको अवधिमा हजारौँ विद्यार्थी उत्पादन गर्दै समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग पुर्‍याउने दाताहरुलाई रकमको आधारमा सम्मान गरिने जनाएको छ। रु. ५ हजारदेखि माथि सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र, फ्रेमसहित प्रमाणपत्र, चाँदी तथा गोल्डेन फ्रेमसहित सम्मान प्रदान गरिने व्यवस्था गरिएको छ। साथै रु. ५० हजारभन्दा बढी सहयोग गर्ने दाताहरुलाई विशेष रूपमा बाजासहित सम्मान गरिनेछ भने रु. ५ हजारभन्दा माथि सहयोग गर्ने दाताहरूको नाम विद्यालय परिसरमा शिलालेखमा स्थायी रूपमा अंकित गरिने जानकारी विद्यालयले दिएको छ।

विद्यालय प्रशासनका अनुसार अक्षयकोषको उद्देश्य गरिबी, विपन्नता वा आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने रहेको छ। साथै जेहन्दार तथा मेहनती विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरी शिक्षाको पहुँच दीर्घकालीन रूपमा सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

स्वर्ण जयन्ती समारोहलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन विद्यालय प्रशासनले स्थानीय समुदाय, पूर्वविद्यार्थी, अभिभावक, शिक्षा–प्रेमी तथा शुभेच्छुक सबैलाई कार्यक्रममा सहभागी भइदिन हार्दिक आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...