Skip to main content

Sacho Khabar

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङको पुनर्गठन, नेतृत्वमा कृष्णराज अधिकारी

धादिङ: राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन, संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी चयन
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी रूपमा पर्यवेक्षण गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङको पुनर्गठन गरिएको छ। समिति पुनर्गठन प्रक्रियामा सर्वपक्षीय, समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। जातजाति, भाषा, लिङ्ग तथा भौगोलिक क्षेत्रगत समावेशीतालाई प्राथमिकता दिँदै अनिवार्य प्रतिनिधित्वको आधारमा पुनर्गठन गरिएको समितिले जनाएको छ।
पुनर्गठित १३ सदस्यीय जिल्ला समितिको संयोजकमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङका पूर्व सहसंयोजक कृष्णराज अधिकारी चयन भएका छन्।
त्यस्तै सहसंयोजकमा गैसस महासंघ धादिङको नि अध्षक्ष अधिवक्ता तोला कुमारी पाठक, सचिवमा उद्योग वाणिज्य संघ धादिङका कार्यकारी प्रमुख रमेशराज अधिकारी, तथा कोषाध्यक्षमा उद्योग वाणिज्य संघ धादिङको महासचिव तिलक सिम्खडा मनोनयन भएका छन्।
समितिका सदस्यहरूमा —
• ईश्वर थापा मगर (नेपाल मानव अधिकार संगठन धादिङ)
• सन्तोषराज श्रेष्ठ (नेपाल पत्रकार महासंघ धादिङ)
• श्यामबहादुर मगराती (दलित सेवा संघ धादिङ)
• गर्भेबहादुर मिजार (बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङ)
• आईती माया तामाङ (गैसस महासंघ)
• नीर तामाङ (रेडियो बिहानी)
• शुशिला विक पत्रकार
• अशोक श्रेष्ठ पत्रकार रहनुभएको छ।
निर्वाचनको समग्र पारदर्शिता, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न धादिङमा पुनर्गठित यस समिति सक्रिय रूपमा जुट्ने बताइएको छ। कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायत जिल्ला स्तरीय मानव अधिकार तथा सामाजिक संघ–संस्थाहरू, नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...