Skip to main content

Sacho Khabar

धादिङबेसीमा प्रस्तावित शिक्षा ऐनविरुद्ध स्कुल बस र्‍याली

धादिङबेसी, १६ भदौ ।
प्रस्तावित संघीय शिक्षा ऐनको विरोधस्वरूप आज धादिङबेसीमा निजी तथा आवासीय विद्यालयहरूले स्कुल बस र्‍याली आयोजना गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा भएको सो आन्दोलनमा जिल्लाका दर्जनौँ विद्यालयहरूले सक्रिय सहभागिता जनाएका थिए। आयोजकका अनुसार ३० भन्दा बढी स्कुल बस र्‍यालीमा सहभागी भएका थिए।

विद्यालय सञ्चालकहरूले नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई क्रमशः बन्द गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐन विभेदकारी छ र यसले निजी विद्यालयको अस्तित्वमै प्रश्न उठाएको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार ऐनमा समावेश गरिएका केही प्रावधानले विद्यालयहरूलाई अन्यायपूर्ण ढंगले निषेध गर्ने प्रयास भएको छ।

आन्दोलनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले समेत ऐक्यबद्धता जनाउँदै निजी विद्यालयहरूको मागलाई सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन्।

प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठका अनुसार विद्यालयहरूले उठाएका प्रमुख मागमा—
• पूर्ण छात्रवृत्ति प्रावधान खारेज गर्नुपर्ने,
• पोशाक, स्टेशनरी तथा खानपान उपलब्ध गराउने बाध्यकारी व्यवस्था हटाउनुपर्ने,
• कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान खारेज गर्नुपर्ने लगायतका विषयहरू परेका छन्।

विद्यालयहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...