Skip to main content

Sacho Khabar

धादिङको गजुरीमा पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन हुने

धादिङ । गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भाद्र १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ।

युवा भजन गुरु गायक निश्चल सिलवालको विशेष संकल्पमा हुने कार्यक्रममा १८ गते बिहान ७ बजे बजार परिक्रमा तथा बेलुकी लाखबत्ती प्रज्वलन  गरि २४ घण्टा सम्म अखण्ड हरिकृतन गरिने छ ।    भक्तजनहरूले सम्पूर्ण मन्तव्यसहित करिब १००० बत्ती ल्याउन आयोजकले आग्रह   गरेका छन्।

त्यसै अवसरमा १९ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान धादिङ जिल्लाको प्रथम अधिवेशन पनि हुने आयोजकले जनाएको छ ।

श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले कार्यक्रमको आयोजना गर्ने  भएको छ भने   सह आयोजक रुद्रेश्वर आमा समुह तथा रूद्रेश्वर मन्दिर समिति गजुरी रहेको आयोजकले बाताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...