काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगठनलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यअनुसार बागमती प्रदेशमा आफ्नो प्रदेश शाखा औपचारिक रूपमा आज विस्तार गरेको छ। शनिबार काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालको अध्यक्षतामा बागमती प्रदेशको १७ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो। कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य तथा सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमल सरगमको विशेष उपस्थिति रहेको थियो। नवगठित बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा गीता शर्मा (एन्जिला), उपाध्यक्षमा शान्तना सापकोटा, सचिवमा अनिता कुमारी थापा मगर, सह–सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा सुमन अधिकारी तथा सह–कोषाध्यक्षमा सम्झना…
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा हरेक वर्षझैं यस वर्ष पनि हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। आगामी कार्तिक १४ गते हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा लोकप्रिय कलाकारहरू टीका सानू, आशा बिसी, राजकुमार नेपाली, भरत बराकोटी, नवराज काप्रि (भाले), सपना रोका र अविरल मगर लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम रहेको छ। यस वर्षको कार्यक्रमका मुख्य संरक्षक बेनीघाट रोराङ गाउँपालिका, विशालटार रहेका छन्।कार्यक्रमको आयोजक महादेवस्थान सामुदायिक सिकाई केन्द्र र आमा समूह सञ्जाल, महादेवस्थान हुन्। कार्यक्रमलाई सफल बनाउन हवासिन सिमेन्ट प्रा.लि., शिवम सिमेन्ट प्रा.लि., त्रिशक्ति…
धादिङ -मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेर बाटो अवरुद्ध भएको छ । रातमा पहिरो सफा गर्न नसकिने चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परेर दुईवटा माईक्रोबसमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । भोलि बिहान ४ बजेमात्रै पहिरो हटाउन सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । तुइन खोलामा पाँच बजेतिर पहिरो खसेको थियो । पहिरो सफा गरेर १५ मिनेटपछि एकतर्फी बाटो खुलेको थियो । लगत्तै १० मिनेटपछि फेरि पहिरो खसेर बाटो बन्द भएको डीएसपी खनालले बताए तुइन खोलामा बिहीबार राति पनि पहिरो…
धादिङ — धादिङ जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईराला रहेका छन्। प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो। इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उजुरी अनुसार कोईरालाले बालिकालाई बलपूर्वक करणी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि प्रारम्भिक सोधपुछ जारी छ भने थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ। यसैबीच,…
धादिङ — एडभान्स एकेडेमीले तीज पर्वको विशेष अवसर पारेर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा ८५ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूको प्रस्तुति रंगीन पोशाक, आकर्षक शैली र तालमेलले भरिपूर्ण रहेकाले दर्शकदीर्घामा उपस्थित अभिभावक, शिक्षक तथा विद्यार्थीहरू मन्त्रमुग्ध बनेका थिए। साथै कक्षा ८, ९ र १० का विद्यार्थीहरूले प्रस्तुत गरेका शो डान्सहरूले कार्यक्रमलाई अझै रमाइलो र मनोरञ्जनात्मक बनाएको थियो। प्रतियोगिताको अध्यक्षता विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ज्ञानी माया तामाङले गर्नुभएको थियो। निर्णायकको भूमिकामा ड्रीम वेभ डान्स एकेडेमीका कोरियोग्राफर तथा विद्यालयका नृत्य…
धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
धादिङ । ९ भदौ नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम भएको छ । प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो र सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा रहे । विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको वडाले जनाएको छ । यसैबीच, तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडाले सम्मान गरेको हो । वडा अध्यक्ष हरि श्रेष्ठले परम्परा तथा मौलिक पर्व तीजलाई जोगाइ राख्न र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता…
धादिङ, भदौ ९ । हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ । “सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत…
धादिङ, ६ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा धादिङको बेनीघाट रोराङ गाउँपालिका यस वर्ष पनि देशकै उत्कृष्ट गाउँपालिका बनेको छ । ९१.७५ प्रतिशत अंकसहित बेनीघाट रोराङ पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौतारी गाउँपालिका तेस्रो स्थानमा परेका छन् । नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पद्मा अर्यालले उत्कृष्ट पालिकालाई सम्मानित गर्नुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच पनि जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासले…
धादिङ — गजुरी गाउँपालिका–६ आदमघाटमा लायन्स क्लब अफ धादिङ हाइटको पहलमा आज वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली विस्तारलाई लक्षित गर्दै आयोजित कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिकाका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दा, सामुदायिक प्रहरी तथा सशस्त्र प्रहरी बल (APF)को उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै प्राकृतिक स्रोत–साधनको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सक्रिय हुन आह्वान गरे। उनीहरूले वृक्षारोपणलाई एकदिने अभियानमा सीमित नगरी निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीयको उत्साहपूर्ण सहभागिताले गाउँमा हरियाली विस्तार मात्र नभई आगामी पुस्ताका लागि स्वस्थ वातावरणको सन्देश दिएको आयोजकहरूले जनाएका छन्। सहभागी समुदायले रोपिएका बिरुवाको संरक्षणमा निरन्तर…