Skip to main content

Sacho Khabar

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल बागमती प्रदेश समिति घोषणा, विवोद श्रेष्ठ अध्यक्ष चयन

काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगठनलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यअनुसार बागमती प्रदेशमा आफ्नो प्रदेश शाखा औपचारिक रूपमा  आज विस्तार गरेको छ।

शनिबार काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालको अध्यक्षतामा बागमती प्रदेशको १७ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य तथा सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमल सरगमको विशेष उपस्थिति रहेको थियो।

नवगठित बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा गीता शर्मा (एन्जिला), उपाध्यक्षमा शान्तना सापकोटा, सचिवमा अनिता कुमारी थापा मगर, सह–सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा सुमन अधिकारी तथा सह–कोषाध्यक्षमा सम्झना गौतम छन् ।

प्रवक्ता तथा प्रचार–प्रसार संयोजकको जिम्मेवारी भिम पौडेललाई दिइएको छ।

सदस्यहरूमा उत्तम आले, तीर्थ बस्नेत, आत्मराम थापा, किशोर गुरुङ, आर.पी. सापकोटा, रामकुमार तामाङ, बसन्त भण्डारी र अशोक श्रेष्ठ चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालले देशको मुटु मानिने बागमती प्रदेशबाट गठन भएको नयाँ नेतृत्वले बागमती प्रदेश मात्र नभई समग्र नेपाली लोकगीत–संगीतको संरक्षण, प्रवर्द्धन र उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाको नीति, विधान र मर्यादाभित्र रही सक्रियतापूर्वक कार्य गर्न आग्रह गरेका छन्  ।

त्यसैगरी बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य र सचिव कमल सरगमले पनि नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लोकसंगीतको पहिचान उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका निर्णायक हुने धारणा राखेका थिए ।

नवनियुक्त अध्यक्ष विवोद श्रेष्ठले संस्थालाई देशकै उत्कृष्ट लोक सञ्चारकर्मी संस्था बनाउने लक्ष्यसहित निरन्तर सेवा, सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्दै संस्थाका गतिविधिहरूलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...