Sacho Khabar

खेलकुद

प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, दुई संकायबीच खेल प्रतिस्पर्धा हुने

प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, दुई संकायबीच खेल प्रतिस्पर्धा हुने

बेनिघाट रोराङ, धादिङ। बेनिघाट रोराङ-५, स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा "प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता" को आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवका खेलहरूलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउनका लागि विभिन्न विधाका खेलहरू तथा बौद्धिक प्रतियोगिताहरू समावेश गरी यो विशेष प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। संकायबीच प्रतिस्पर्धा प्रतियोगितामा क्याम्पसका दुई संकायहरू : व्यवस्थापन (BBS) र शिक्षा (B.ED) बीच मुख्य प्रतिस्पर्धा हुनेछ। सम्पूर्ण खेल तथा बौद्धिक कार्यक्रमहरू मंसिर २१, २२ र २३ गते सञ्चालन हुनेछन्। आयोजकले सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित भई आफ्नो संकायको तर्फबाट खेलमा सहभागी हुन र आफ्नो संकायलाई जिताउन सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। स्ववियुको सक्रियता…
Read More
🏥 “फर्स्ट एड बक्ससँगै सधैं उपस्थित हुने समाजसेवी राजकुमार बिसुराल”

🏥 “फर्स्ट एड बक्ससँगै सधैं उपस्थित हुने समाजसेवी राजकुमार बिसुराल”

धादिङ, बेनीघाट बिशालाटार निवासी ५८ वर्षीय राजकुमार बिसुराल आज पनि समाजसेवामा सक्रिय रूपमा लागिरहनुभएको छ। स्थानीय खेलकुद प्रतियोगितादेखि लिएर दुर्घटनासम्मका घटनामा फर्स्ट एड बक्स बोकेर पुग्ने उहाँ, घाइतेलाई तत्काल उपचार प्रदान गर्न सधैं तत्पर रहनुहुन्छ। खेलकुदका मैदानमा जब कुनै खेलाडी घाइते हुन्छ, उहाँ तुरुन्तै दौडिएर पुग्नुहुन्छ र प्राथमिक उपचार दिनुहुन्छ। बेनीघाट र आसपासका क्षेत्रमा हुने विभिन्न सामाजिक तथा आकस्मिक घटनामा पनि उहाँको उपस्थितिले राहत मिल्ने गरेको छ। “समाज सेवा नै मेरो मुख्य धर्म हो,” भन्नुहुन्छ बिसुराल। उमेरले ५८ पुगे पनि जोश, उत्साह र सेवाभावमा उहाँ कुनै युवाभन्दा कम देखिनुहुन्न। उहाँको निरन्तर योगदानले स्थानीय समुदायमा प्रेरणा दिएको छ।   यदि स्थानीय…
Read More
धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
Read More
धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ : धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् । आज भएको भेलाबाट उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा राजकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल,चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् । भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदाको विकास हुनेमा ढुक्क रहेको बताएका थिए । जिल्ला खेलकुद विकास समितिले सहयोग गर्छ तपाईहरुले योग खेलकुदलाई जिल्लामा अन्य विधाका खेलकुदहरुलाई जस्तै…
Read More
जेष्ठ  २२गते देखि २६ गते सम्म गजुरीको गलौदी खेल मैदानामा प्रथम पिण्डेश्वरी कप हुने

जेष्ठ २२गते देखि २६ गते सम्म गजुरीको गलौदी खेल मैदानामा प्रथम पिण्डेश्वरी कप हुने

धादिङको गजुरी गाउँपालिका -५ मा रहेको गलौदीको खेलमैदानमा जेष्ठ २२गते देखि २६ गते सम्म प्रथम पिण्डेश्वरी कप हुने भएको छ । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेल्कुद " भन्ने मूल नाराका साथ गलौदी युवा क्लव,च्याङ्ली युवा क्लव र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप Open 7A-Side Knockout Footbal Tounrnament हुन लागेको च्याङ्ली युवा क्लवको अध्यक्ष  तथा कार्यक्रम संयोजक कुमार पण्डितले जनाएको छ । कार्यक्रमको उद्घाटन जेष्ठ २२ गते बिहान८ बजे गजुरी गाउँपालिकाको अध्यक्ष गणेश लाल श्रेष्ठको प्रमुख आतिथ्यमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार , द्धितीया हुने टिमले २० हजार नगत तथा उत्कृष्ट हुने…
Read More
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा  १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

धादिङ : दोलखाको चरिकोटमा भएको १५ औं बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्ण सहित १९ पदक जितेको छ । आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि पदक संख्या बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको तामाङले बताउनुभयो । प्रदेश भित्रको १३ जिल्ला सहभागी प्रतियोगितामा काठमाडौँ ३४ स्वर्ण, १७ रजत र ७ कास्य सहित पहिलो, ललितपुर १२ स्वर्ण, ९ रजत र १२ कास्य सहित दोस्रो, भक्तपुर ५ स्वर्ण, ५ रजत र १४ कास्य सहित तेस्रो, मकवानपुर ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित चौथौ, धादिङ २ स्वर्ण, ५ रजत र ११ कास्य सहित पाँचौँ भएको छ । त्यस्तै चितवन…
Read More
प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  धादिङका दुई खेलाडीले पदक जिते

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका दुई खेलाडीले पदक जिते

धादिङ । दोलखाको चरिकोटमा सञ्चालन भइरहेको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका दुई खेलाडीले पहिलो दिनै पदक जित्न सफल भएका छन्। एथलेटिक्स अन्तर्गत १५०० मिटर दौडतर्फ धादिङकी शर्मिला तामाङले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक हात पारिन्। त्यस्तै, सटपुट (गोला फ्याँक) तर्फ सिर्जना श्रेष्ठले रजत पदक जितेकी छन्। प्रतियोगिता आज देखि १९ गतेसम्म चरिकोटमा सञ्चालन भइरहेको छ।
Read More
अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा प्रतापसिंह तामाङ चयन -साचोखबर

अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा प्रतापसिंह तामाङ चयन -साचोखबर

धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा प्रतापसिंह तामाङलाई जिम्मेवारी दिएको छ। नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमला प्रमुख अतिथि थिए। कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको छ।
Read More
नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

धादिङ- धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने भएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि नगरपालिकाले स्थापना दिवस मनाउन लागेको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाउन लागेको हो । नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने तयारी गरेको छ।बैशाख २३ गते नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघबिच फुटसल खेल, नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र…
Read More
धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने भएको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा हुन लागेको १४औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै स्थगित भएको थियो । आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताए । प्रतियोगितामा सहभागि…
Read More