धादिङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ । मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास, सडक खानेपानी र शिक्षाको व्यवस्थित योजना सहित निति बनाएर विकास गर्ने प्रतिवद्धता एमाले उम्मेदवार घलेले गर्नुभएको छ । सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्दै सुबिधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुढीगण्डकी जलविद्युत परियोजना तत्काल सुरु गर्न दवाव दिने, परियोजनाबाट विस्थापित नागरिकको पुनस्थापना, बस्ती विकास गर्ने योजनामा दवाव दिने उम्मेदवार घलेले मतदातासंग प्रतिवद्धता गर्नुभयो । एमाले…
धादिङ – सिद्धलेक गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउँकमिटीको आयोजनामा सडक सरसफाइसहित श्रमदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत स्थानीयबासिन्दा तथा नेताहरूले मुख्य सडकमा जम्मा भएको हिलो, धुलो र फोहर हटाउँदै बाटो सफा गरेका थिए। सडक सरसफाइको क्रममा स्थानीयले एकआपसमा मिलेर बाटो वरिपरि संकलित मैला व्यवस्थापन गरे भने हिलो पन्छाएर यातायात आवागमन सहज हुने वातावरण तयार पारिएको थियो। यस अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यू स्वयं स्थानीयसँगै हातमा उपकरण लिएर हिलो सफा गर्दै श्रमदानमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो। उहाँले सरसफाइलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै “स्वच्छ वातावरण नै स्वस्थ जीवनको…
धादिङ, असार १९ – सिद्धलेक गाउँपालिका–१, नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयले असार १९ गते विद्यालयका पूर्वविद्यार्थी श्री सौगात थापलियालाई विशेष सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ। धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. १ पीपल नलाङ निवासी थापलियाले आफूले अध्ययन गरेको सोही विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ६५ थान पोशाक (ट्र्याक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गरेका हुन्। विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतको उपस्थितिमा उक्त कदरपत्र प्रदान गरिएको हो। विद्यालयले सौगात थापलियाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै…
धादिङ । धादिङअस्पतालले सिमित श्रोत र साधनका बावजुत पनि विपद र महामारी फैलिएको अवस्थामा कुशलतापूर्वक काम गरिरहेको र आगामी दिनमा पनि गर्ने व्यवस्थापन तथा संचालन समितिका अध्यष राधिका सापकोटाले बताउनुुभयो । महामारी सिनयन्त्रणका लागि विपद र महामारीमा पूर्व तयारी तथा मेडिकल टिम र र्यापिड रेस्पोन्स टिम परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अस्पतालको वर्तमान अवस्था गत वर्षको महामारीको बारेमा समिक्षा समेत गरिएको थियो । विपदमा महिलाहरु बढी प्रभावित हुने कुरा उल्लेख गर्दै अध्यक्ष सापकोटाले विपदको समयमा सवारी साधन नचलेर बन्द भएको अवस्थामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने गर्भैवतीहरुको प्रतिक्षाघर बनाएर संचालनमा ल्याउनुपर्ने बताउनुुभयो । अस्पतालको सकारात्मक सन्देश जानेगरि सूचना प्रवाह गर्न आग्रह…
सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । ‘अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ’, उनले भने, ‘अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।’ गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । 'अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ', उनले भने, 'अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।' गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
धादिङ: गजुरी गाउँपालिका वडा नं. ३ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले ब्यानरमा हस्ताक्षर गर्दै वडालाई औपचारिक रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष श्रेष्ठले शिक्षा नै विकासको आधार भएको उल्लेख गर्दै गजुरीका सबै वडामा शिक्षा पहुँचको समानता र गुणस्तर वृद्धिका लागि पालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाको रणनीति, गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उपाय, र विद्यालयमा बालमैत्री वातावरण निर्माणका विषयमा प्रकाश पारेका थिए ।
धादिङ । धुनिबेसी नगरपालिका क्षेत्रमा रहेका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनमा विभिन्न अनियमितता फेला परेको छ। अनुगमन टोलीले पाँच होटललाई जरिवाना गरेको छ भने म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा होटलहरूमा बिना दर्ता व्यवसाय सञ्चालन, म्याद गुज्रेका वस्तु बिक्री, बिल नबनाउने, सरसफाइमा लापरवाही तथा सामानमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको हो। अनियमितता भेटिएका होटलहरूमा आँदीखोला होटल, न्यू आँदीखोला होटल, ग्रीन गार्डेन होटल, साथीभाइ खाजाघर एन्ड होटल र फास्ट एन्ड इजी क्याफे रहेका छन्। ती होटलहरूलाई क्रमशः ५० हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी गराइएको छ। अनुगमन टोलीले बजार…
मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४…
धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा प्रतापसिंह तामाङलाई जिम्मेवारी दिएको छ। नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमला प्रमुख अतिथि थिए। कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको छ।