Sacho Khabar

सल्यानटारमा एमाले उम्मेदवार धनबहादुर घलेको प्रतिवद्धता, व्यवस्थित बस्ती विकास ् स्वास्थ्य शिक्षाको प्रतिवद्धता

धादिङ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ ।
मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास, सडक खानेपानी र शिक्षाको व्यवस्थित योजना सहित निति बनाएर विकास गर्ने प्रतिवद्धता एमाले उम्मेदवार घलेले गर्नुभएको छ ।
सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्दै सुबिधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुढीगण्डकी जलविद्युत परियोजना तत्काल सुरु गर्न दवाव दिने, परियोजनाबाट विस्थापित नागरिकको पुनस्थापना, बस्ती विकास गर्ने योजनामा दवाव दिने उम्मेदवार घलेले मतदातासंग प्रतिवद्धता गर्नुभयो ।
एमाले उम्मेदवार घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटार स्थित छापगाउाँ, बेलगाउँ, बौसा गाउँ, ठूलो गाउँ, सानागाउँ, देबिथान, सिकटार लगायतका स्थानहरुका मतदाताहरु भेट्दै गुनासो, सुझाव संकलन तथा छलफल गर्दै प्रतिवद्धताहरु समेत वयक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...