Skip to main content

Sacho Khabar

मकवापुरमा वाग्मती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठद्दारा च्याउ उत्पादन युनिटको शिलान्यास

मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५,   धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो ।

कम्पनीको ४४ कठ्ठा जमिनमा च्याउसँगै च्याउको बिउ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी मसरुम फार्म लिमिटेडका अध्यक्ष धर्मेन्द्र महर्जनले बताए । उच्च प्रविधिको प्रयोग गरेर च्याउ उत्पादन गर्ने महर्जनले जानकारी दिए । असोज महिनादेखि दैनिक १ हजार र अर्को वर्षदेखि दैनिक ३ हजार किलो च्याउ उत्पादन गर्ने महर्जनले बताए । सामरी युनिटमा ३ वर्षमा १५ करोड लगानी गर्ने र पछि थप ९ करोड रुपैयाँ लगानी गर्ने महर्जनले बताए । आगामी भदौ महिनादेखि कम्पोष्ट मल र असोज महिनादेखि च्याउ उत्पादन गरी नेपाल भर वितरण गर्ने भन्दै महर्जनले च्याउ उत्पादन तालिमसँगै च्यउको बिउ पनि बिक्री गर्ने लक्ष्य रहेको बताए ।

उक्त शिलान्यास कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यहरु केशव प्रसाद पोखरेल, विन्दु श्रेष्ठ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर -५ का अध्यक्ष रिपेश दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, शिलान्यास कार्यक्रममा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष कृष्णप्रसाद बजगाई, निवर्तमान वडा अध्यक्ष टीका दाहाल, अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाललगायतको आतिथ्य रहेको थियो, भने पत्रकार निराज रानाभाट, प्रहरीहरुलगायत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...