Sacho Khabar

Day: २०८२ जेष्ठ २१, मंगलवार

मकवापुरमा वाग्मती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठद्दारा च्याउ उत्पादन युनिटको शिलान्यास

मकवापुरमा वाग्मती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठद्दारा च्याउ उत्पादन युनिटको शिलान्यास

मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५,   धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४…
Read More
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा  १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

धादिङ : दोलखाको चरिकोटमा भएको १५ औं बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्ण सहित १९ पदक जितेको छ । आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि पदक संख्या बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको तामाङले बताउनुभयो । प्रदेश भित्रको १३ जिल्ला सहभागी प्रतियोगितामा काठमाडौँ ३४ स्वर्ण, १७ रजत र ७ कास्य सहित पहिलो, ललितपुर १२ स्वर्ण, ९ रजत र १२ कास्य सहित दोस्रो, भक्तपुर ५ स्वर्ण, ५ रजत र १४ कास्य सहित तेस्रो, मकवानपुर ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित चौथौ, धादिङ २ स्वर्ण, ५ रजत र ११ कास्य सहित पाँचौँ भएको छ । त्यस्तै चितवन…
Read More
महंगो भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरलाई कार्वाही

महंगो भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरलाई कार्वाही

धादिङ: धादिङमा बढी भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरहरुलाई कार्वाही गरिएको छ । बढी भाडा असुलेको भन्दै चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो । बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट पठाओ र इनड्राइभ राइडरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । ‘चार वटा सवारी साधन नियन्त्रणमा लिएका थियौं । यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरेर छाडिएको छ । अहिले ५ सय जरिवाना गरेर छाडिएको हो । विना दर्ता चलाइरहनु भएको रहेछ । आगामी दिन त्यस्तो कार्य नगर्ने निर्देशन दिएर उहाँहरुलाई छाडिएको हो’ उनले…
Read More