Skip to main content

Sacho Khabar

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

धादिङ : दोलखाको चरिकोटमा भएको १५ औं बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्ण सहित १९ पदक जितेको छ ।
आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि पदक संख्या बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको तामाङले बताउनुभयो ।

प्रदेश भित्रको १३ जिल्ला सहभागी प्रतियोगितामा काठमाडौँ ३४ स्वर्ण, १७ रजत र ७ कास्य सहित पहिलो, ललितपुर १२ स्वर्ण, ९ रजत र १२ कास्य सहित दोस्रो, भक्तपुर ५ स्वर्ण, ५ रजत र १४ कास्य सहित तेस्रो, मकवानपुर ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित चौथौ, धादिङ २ स्वर्ण, ५ रजत र ११ कास्य सहित पाँचौँ भएको छ ।

त्यस्तै चितवन २ स्वर्ण, ५ रजत र ९ कास्य सहित छैटौँ, काभ्रे २ स्वर्ण, २ रजत र ७ कास्य सहित सातौँ, सिन्धुली २ स्वर्ण, ३ रजत र ५ कास्य सहित आठौँ, नुवाकोट २ स्वर्ण, २ रजत र ४ कास्य सहित नवौँ, दोलखा २ स्वर्ण, ४ कास्य सहित दशौँ, रामेछाप १ स्वर्ण, ९ रजत र ४ कास्य सहित एघारौँ, सिन्धुपाल्चोक ३ रजत र ११ कास्य सहित बाह्रौँ र ४ कास्य सहित सहित रसुवा तेह्रौ भएको छ ।

प्रतियोगितामा सोमबार भएको छात्रा कबड्डी टोलीले काठमाडौँलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो भने आईतबार एथलेटिक्स अन्तरगत जेवलिन थ्रो मा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक जितेकी थिईन् ।

यस्तै छात्र कबड्डी टोली फाईनलमा भक्तपुरसँग पराजित भएसँगै रजतमा चित्त बुझाएको छ भने धादिङको छात्र भलिबल टिमले कास्य पदक हासिल गरेको छ ।

स्वर्ण विजेता धादिङको छात्रा कबड्डी टिममा धना राहाडी मगर, रेजिना तामाङ, कविता तामाङ, विलशा श्रेष्ठ, बिनु राई, सर्मीला तामाङ, एन्जला चेपाङ, कोपिला तामाङ, अम्बिका मगराती रहेका थिए ।

यस्तै रजत विजेता धादिङको छात्र कबड्डी टिममा जिवन श्रेष्ठ, राहुल ठाकुर, रुपक शाक्य, रविन श्रेष्ठ, सुलभ खतिवडा, सुनिल भुजेल, पिटर रोक्का, अर्जुन तामाङ, हिमाल गुरुङ थिए । त्यसैगरी कास्य पदक विजेता धादिङको छात्र भलिबल टिममा आशिस सुनार, फर्वुलामा तामाङ, कान्छा तामाङ, डेविट तामाङ, मिलन गुरुङ, दिपेश सुनार, सुनिल श्रेष्ठ, सन्तोस बयलकोटी, सुसान थापा मगर रहेका थिए ।

यसैगरी रजत पदकमा सिर्जना श्रेष्ठ (सटपुट), सुजन रावल (दौड), मानबहादुर दर्लामी (जेभलिन थ्रो), कविता गुरुङ(तेक्वान्दो), दिपकराज गुरुङ (कराँते) रहेको छ ।

त्यस्तै कास्य पदक अन्तरगत शर्मिला तामाङ (दौड), पुवास बराल(त्रिपलजम्प), प्रजिना तामाङ(त्रिपलजम्प), कविता गुरुङ (तेक्वान्दो), रितिक भुजेल(तेक्वान्दो), आशिष गुरुङ (तेक्वान्दो), सुमिना बिश्वकर्मा (तेक्वान्दो), सम्राट थापा (उसु), सृष्टि कार्की (उसु), दिलिप भुजेल (उसु) र प्रकृति तामाङ (कराँते) रहेको छ ।

गत वर्ष धादिङले २ स्वर्ण सहित १४ पदक जितेको थियो भने यस पटक पदक संख्या बढाएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...