धादिङ । जिल्लाको कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ दशौं धादिङ महोत्सव–२०८२ भोलि माघ १५ गतेदेखि धादिङबेसीमा सुरु हुँदैछ। १० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय गरिएको छ। महोत्सवको पहिलो दिन कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतियोगिता, साथै सांस्कृतिक झाँकी प्रदर्शन मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। जातजाति तथा भाषाभाषी समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकीमा भजन, महिला बाजा लगायत विविध मौलिक प्रस्तुति समावेश हुनेछन्। आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सांस्कृतिक झाँकी प्रदर्शन बिहान १० बजेदेखि सुरु हुनेछ। साथै, कृषिजन्य वस्तु तथा सामग्रीहरूको छुट्टै प्रदर्शनी…
धादिङ २८ पौष भङ्गेरी युवाक्लबद्वारा धुवाकोटमा गोरुजुधाई महोत्सव तथा सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । क्लबले माघेसङ्क्रान्तिको अवसर पारेर नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाकोट भँगेरीस्थानमा गोरुजुधाई महोत्सव तथा तामाङ समुदायको महान् सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होसारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी तीव्र पारेको हो । नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा भङ्गेरी युवाक्लबको आयोजनामा हुने उक्त कार्यक्रम सोनाम ल्होसार मञ्जुश्री सम्वत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को अवसरमा शुभकामना आदान–प्रदानसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष विशाल तामाङका अनुसार धुवाकोटमा परम्परागत…
काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगठनलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यअनुसार बागमती प्रदेशमा आफ्नो प्रदेश शाखा औपचारिक रूपमा आज विस्तार गरेको छ। शनिबार काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालको अध्यक्षतामा बागमती प्रदेशको १७ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो। कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य तथा सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमल सरगमको विशेष उपस्थिति रहेको थियो। नवगठित बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा गीता शर्मा (एन्जिला), उपाध्यक्षमा शान्तना सापकोटा, सचिवमा अनिता कुमारी थापा मगर, सह–सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा सुमन अधिकारी तथा सह–कोषाध्यक्षमा सम्झना…
धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा मंसिर २६ र २७ गते खनियाबास गाउँपालिका–स्थित दार्खामा सञ्चालन गरिएको निःशुल्क विशेष स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। खनियाबास गाउँपालिका–४ स्थित खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ७७७ जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको यस स्वास्थ्य शिविरमा टाढा–टाढाबाट स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। सहज र निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितका चिकित्सकहरूको…
धादिङ, बेनीघाट रोराङ – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित तेस्रो खुल्ला वडा कप 7–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता बेनीघाट रोराङ–२, गौरीशंकर खेलमैदानमा २०८२ कार्तिक ३ देखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ। प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, दोस्रो पुरस्कार रु. २५,००० राखिएको छ। साथै उत्कृष्ट खेलाडी र गोलकिपरलाई रु. ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा भाग लिन इच्छुक टोलीहरूको प्रवेश शुल्क रु. ५,००० तोकिएको छ। प्रतियोगिताको आयोजन युवा तथा खेलकुद समिति, बेनीघाट रोराङ–२ ले गरेको हो। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय युवा तथा खेलकुद प्रेमीहरूलाई खेलकुदको माध्यमबाट स्वास्थ्य र सामुदायिक सहभागितामा…
धादिङ । स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्न बेनीघाट रोराङ गाउँपालिकाले “शैक्षिक सुझाव तथा सुझाव संकलन गोष्ठी” आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा असोज ३१ र कात्तिक १ गते दुई दिनसम्म चल्ने सो गोष्ठी पदम चौर आधारभूत विद्यालय, वडा नं. १०, पदमचौर गाउँमा हुनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर पौडेललेका अनुसार सो कार्यक्रमका लागि वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा समिति, जनप्रतिनिधि, शिक्षक संगठनका प्रतिनिधि, अभिभावक तथा सरोकारवालालाई सहभागी हुन अनुरोध गरिएको छ। गोष्ठीमार्फत विद्यालय शिक्षाको वर्तमान अवस्था, सिकाइ उपलब्धि, शिक्षकको पेशागत क्षमता, विद्यार्थीको मनोबल अभिवृद्धि, विद्यालयमा अनुशासन, पाठ्यक्रम कार्यान्वयन, शिक्षक हाजिरी, अभिभावक सहभागिता, र विद्यालयको समग्र…
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज २४ गते हुने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। अतिथी निमन्त्रणा सहित सहभागीहरुलाई फोन सम्पर्क भईरहेको कार्यक्रम संयोजक बद्री खतिवडाले जानकारी दिनुभयो । जिल्लाको १३ वटै पालिकाबाट माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरुको सहभागिता रहने समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । युवा पुस्ताको चाहना ः असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका हुने भएको संस्थाका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि धादिङका १३ स्थानीय तहबाट ३२ जना विद्यार्थी छनोट भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार तृतिय पुरस्कार २० हजार, चौँथो पुरस्कार १० हजार र पाँचौ…
धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ बोमराङमा अवस्थित बोमराङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । दशैँको अवसरमा धादिङ सेवा समाज दोहा, कतारले ९५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । नयाँ बर्ष २०८२ अवसरमा कतारमा गरिएको सांस्कृतिक कार्यक्रममा संकलित मुनाफाबाट चेपाङ समुदायको शैक्षिक उन्नयनका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको धादिङ सेवा समाज दोहा, कतारका महासचिव रामहरि श्रेष्ठले बताए । ‘हाम्रो उद्देश्य केवल सहयोग पु¥याउने मात्र होइन, गाउँका बालबालिकाले पनि शैक्षिक क्षेत्रमा प्रगती तथा उत्साहका साथ दशैँ मनाउन सकुन् भन्ने हो । विदेशमा रहेका धादिङबासीहरूको सानो प्रयासले विद्यार्थीको मुहारमा…
धादिङ -मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेर बाटो अवरुद्ध भएको छ । रातमा पहिरो सफा गर्न नसकिने चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परेर दुईवटा माईक्रोबसमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । भोलि बिहान ४ बजेमात्रै पहिरो हटाउन सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । तुइन खोलामा पाँच बजेतिर पहिरो खसेको थियो । पहिरो सफा गरेर १५ मिनेटपछि एकतर्फी बाटो खुलेको थियो । लगत्तै १० मिनेटपछि फेरि पहिरो खसेर बाटो बन्द भएको डीएसपी खनालले बताए तुइन खोलामा बिहीबार राति पनि पहिरो…
धादिङ — धादिङ जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईराला रहेका छन्। प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो। इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उजुरी अनुसार कोईरालाले बालिकालाई बलपूर्वक करणी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि प्रारम्भिक सोधपुछ जारी छ भने थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ। यसैबीच,…