Skip to main content

Sacho Khabar

बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक सुधारका लागि सुझाव संकलन गोष्ठी गर्ने

धादिङ । स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्न बेनीघाट रोराङ गाउँपालिकाले “शैक्षिक सुझाव तथा सुझाव संकलन गोष्ठी” आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा असोज ३१ र कात्तिक १ गते दुई दिनसम्म चल्ने सो गोष्ठी पदम चौर आधारभूत विद्यालय, वडा नं. १०, पदमचौर गाउँमा हुनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर पौडेललेका अनुसार सो कार्यक्रमका लागि वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा समिति, जनप्रतिनिधि, शिक्षक संगठनका प्रतिनिधि, अभिभावक तथा सरोकारवालालाई सहभागी हुन अनुरोध गरिएको छ।

गोष्ठीमार्फत विद्यालय शिक्षाको वर्तमान अवस्था, सिकाइ उपलब्धि, शिक्षकको पेशागत क्षमता, विद्यार्थीको मनोबल अभिवृद्धि, विद्यालयमा अनुशासन, पाठ्यक्रम कार्यान्वयन, शिक्षक हाजिरी, अभिभावक सहभागिता, र विद्यालयको समग्र सुधारका उपायहरूबारे गहिरो छलफल गरिनेछ।

यसैगरी, गाउँपालिकाले आगामी वर्षलाई ‘शैक्षिक सुधार वर्ष २०८३’ का रूपमा मनाउने तयारी गरेको र सो अवसरमा गाउँपालिकाभित्र रहेका विद्यालयहरूलाई गुणस्तर अभिवृद्धिका लागि विशेष कार्यक्रम संचालन गरिने जनाएको छ।

कार्यक्रम बिहान ६ बजे बाट सञ्चालन हुने भएको छ। गोष्ठीमा सहभागी विद्यालयहरूले आफ्ना उपलब्धि, समस्या र सुधारका योजना प्रस्तुत गर्नेछन्।

गाउँपालिकाले यस प्रकारका छलफल र सुझाव संकलन कार्यक्रमले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको शिक्षा अधिकृत बोधराज पाठकले जानाकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...