Skip to main content

Sacho Khabar

⚽ बेनीघाट रोराङ–२: ताल्तीमा तेस्रो खुल्ला वडा कप 7ए–साइड फुटबल खेल हुने🏆

धादिङ, बेनीघाट रोराङ – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित तेस्रो खुल्ला वडा कप  7–ए–साइड फुटबल प्रतियोगिता  हुने भएको छ। प्रतियोगिता बेनीघाट रोराङ–२, गौरीशंकर खेलमैदानमा २०८२ कार्तिक ३ देखि ६  गतेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।

प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, दोस्रो पुरस्कार रु. २५,००० राखिएको छ। साथै उत्कृष्ट खेलाडी र गोलकिपरलाई रु. ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा भाग लिन इच्छुक टोलीहरूको प्रवेश शुल्क रु. ५,००० तोकिएको छ।

प्रतियोगिताको आयोजन युवा तथा खेलकुद समिति, बेनीघाट रोराङ–२ ले गरेको हो। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय युवा तथा खेलकुद प्रेमीहरूलाई खेलकुदको माध्यमबाट स्वास्थ्य र सामुदायिक सहभागितामा सक्रिय बनाउने उद्देश्य राखेको छ।

प्रतियोगिता अवधिभर विभिन्न टोलीहरूबीच रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन् र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिने कार्यक्रम तय गरिएको आयोजकले बताएको  छ।

खेलकुदको मेला, उत्साह र प्रतिस्पर्धाको आनन्द लिन सबैलाई  आयोजकले निम्तोसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...