Skip to main content

Sacho Khabar

माघे सङ्क्रान्ति अवसरमा धुवाकोटमा गोरुजुधाई र सोनाम ल्होसार विशेष कार्यक्रम हुँदै ।

धादिङ २८ पौष

भङ्गेरी युवाक्लबद्वारा धुवाकोटमा गोरुजुधाई महोत्सव तथा सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

क्लबले माघेसङ्क्रान्तिको अवसर पारेर नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाकोट भँगेरीस्थानमा गोरुजुधाई महोत्सव तथा तामाङ समुदायको महान् सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होसारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी तीव्र पारेको हो ।

नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा भङ्गेरी युवाक्लबको आयोजनामा हुने उक्त कार्यक्रम सोनाम ल्होसार मञ्जुश्री सम्वत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को अवसरमा शुभकामना आदान–प्रदानसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष विशाल तामाङका अनुसार धुवाकोटमा परम्परागत रूपमा हुँदै आएको गोरुजुधाई महोत्सवमार्फत कृषक प्रोत्साहन, कृषि संस्कृति संरक्षण, मनोरञ्जन प्रदान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । यसैगरी, क्लबकी उपाध्यक्ष कमला तामाङले तामाङ समुदायको पहिचान, मेलमिलाप, संस्कृति तथा रीतिरिवाजको संरक्षणसँगै समुदायको हित र क्लबको विकासका लागि आर्थिक संकलन गरी कोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रममार्फत करिब १० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार सलिना तामाङ, सैल्प वाइवा, बिनिता गुरुङलगायत स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...