Skip to main content

Sacho Khabar

धादिङ सेवा समाज, दोहा–कतारद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ बोमराङमा अवस्थित बोमराङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । दशैँको अवसरमा धादिङ सेवा समाज दोहा, कतारले ९५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । 

नयाँ  बर्ष २०८२ अवसरमा कतारमा गरिएको सांस्कृतिक कार्यक्रममा संकलित मुनाफाबाट चेपाङ समुदायको शैक्षिक उन्नयनका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको धादिङ सेवा समाज दोहा, कतारका महासचिव रामहरि श्रेष्ठले बताए । ‘हाम्रो उद्देश्य केवल सहयोग पु¥याउने मात्र होइन, गाउँका बालबालिकाले पनि शैक्षिक क्षेत्रमा प्रगती तथा उत्साहका साथ दशैँ मनाउन सकुन् भन्ने हो । विदेशमा रहेका धादिङबासीहरूको सानो प्रयासले विद्यार्थीको मुहारमा खुसी छाएको छ’ उनले भने । 

विद्यालयका प्रधानाध्यापक विष्णु रिजालले विद्यार्थीका लागि वितगरण गरिएको न्यानो कपडा तथा शैक्षिक सामग्रीले दशैंमा थप उत्साह थपेको बताए । उनले भने– ‘दुरदराजका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण छ । न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि विद्यार्थीमा पढाइप्रति थप उत्साह बढ्ने विश्वास लिएको छु ।’

त्यस्तै, न्यानो कपडा तथा शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरुले पनि खुसी व्यक्त गरेका छन् । स–साना बालबालिकाले दशैमा नयाँ कपडा तथा शैक्षिक सामाग्री पाएपछि खुसी व्यक्त गरेका हुन् । बोमराङ आधारभूत विद्यालयमा कक्षा तीनसम्म अध्यापन गराउदैँ आएको छ । 

कार्यक्रममा संस्थापक अध्यक्ष एवम् समितिका सल्लाहकार रामकाजी थापा, सल्लाहकारहरु सुदिप खतिवडा, कपिल अर्याल र समितिका सदस्य कृष्ण अधिकारीले बालबालिकाका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा विद्यालयमा आवश्यक अन्य कार्यमा पनि सहकार्य रहने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...