Sacho Khabar

Day: २०८२ आश्विन १२, आईतवार

धादिङ सेवा समाज, दोहा–कतारद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

धादिङ सेवा समाज, दोहा–कतारद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ बोमराङमा अवस्थित बोमराङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । दशैँको अवसरमा धादिङ सेवा समाज दोहा, कतारले ९५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।  नयाँ  बर्ष २०८२ अवसरमा कतारमा गरिएको सांस्कृतिक कार्यक्रममा संकलित मुनाफाबाट चेपाङ समुदायको शैक्षिक उन्नयनका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको धादिङ सेवा समाज दोहा, कतारका महासचिव रामहरि श्रेष्ठले बताए । ‘हाम्रो उद्देश्य केवल सहयोग पु¥याउने मात्र होइन, गाउँका बालबालिकाले पनि शैक्षिक क्षेत्रमा प्रगती तथा उत्साहका साथ दशैँ मनाउन सकुन् भन्ने हो । विदेशमा रहेका धादिङबासीहरूको सानो प्रयासले विद्यार्थीको मुहारमा…
Read More
दशैँको अवसरमा चेपाङ विद्यार्थीलाई सहयोग हस्तान्तरण हुने

दशैँको अवसरमा चेपाङ विद्यार्थीलाई सहयोग हस्तान्तरण हुने

धादिङ, असोज १२ धादिङ सेवा समाज, कतारले आगामी दशैँ पर्वको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्थित बोमराङ आधारभूत विद्यालयमा चेपाङ समुदायका विद्यार्थीलाई सहयोग हस्तान्तरण गर्ने भएको छ । आइतबार आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री लगायत आवश्यक सहयोग उपलब्ध गराइनेछ । समाजका पदाधिकारीका अनुसार विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व सम्झँदै शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यसपटक पनि दशैँ पर्वलाई अर्थपूर्ण बनाउन सहयोग कार्यक्रम तय गरिएको हो । धादिङ सेवा समाज, कतारले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
Read More