धादिङ, असोज १२
धादिङ सेवा समाज, कतारले आगामी दशैँ पर्वको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्थित बोमराङ आधारभूत विद्यालयमा चेपाङ समुदायका विद्यार्थीलाई सहयोग हस्तान्तरण गर्ने भएको छ ।
आइतबार आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री लगायत आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
समाजका पदाधिकारीका अनुसार विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व सम्झँदै शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यसपटक पनि दशैँ पर्वलाई अर्थपूर्ण बनाउन सहयोग कार्यक्रम तय गरिएको हो ।
धादिङ सेवा समाज, कतारले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
