Skip to main content

Sacho Khabar

धादिङबेसीमा भोलिदेखि दशौं धादिङ महोत्सव सुरु हुँदै

धादिङ । जिल्लाको कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ दशौं धादिङ महोत्सव–२०८२ भोलि माघ १५ गतेदेखि धादिङबेसीमा सुरु हुँदैछ। १० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय गरिएको छ।

महोत्सवको पहिलो दिन कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतियोगिता, साथै सांस्कृतिक झाँकी प्रदर्शन मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। जातजाति तथा भाषाभाषी समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकीमा भजन, महिला बाजा लगायत विविध मौलिक प्रस्तुति समावेश हुनेछन्।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सांस्कृतिक झाँकी प्रदर्शन बिहान १० बजेदेखि सुरु हुनेछ। साथै, कृषिजन्य वस्तु तथा सामग्रीहरूको छुट्टै प्रदर्शनी र प्रतियोगिता पनि उद्घाटनकै दिन आयोजना गरिनेछ।

आयोजकका अनुसार महोत्सवले जिल्लाका स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवका प्रमुख आकर्षणहरू:

  • कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता
  • सांस्कृतिक झाँकी प्रदर्शन तथा प्रतिस्पर्धा
  • भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम
  • स्थानीय तहका विशेष उत्पादनका स्टल
  • जिल्ला पशुसेवा, कृषि विकास र वन कार्यालयबाट सेवा तथा परामर्श
  • स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनी
  • रमाइलो मेला तथा बाल उद्यान
  • राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक प्रस्तुति

दशौं धादिङ महोत्सवले जिल्लाको पहिचान, उत्पादन र संस्कृतिलाई राष्ट्रिय स्तरसम्म चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...