Skip to main content

Sacho Khabar

पूर्वविद्यार्थी सौगात थपलिया बाट शिक्षालयलाई प्रेरणादायी सहयोग

धादिङ, असार १९ –
सिद्धलेक गाउँपालिका–१, नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयले असार १९ गते विद्यालयका पूर्वविद्यार्थी श्री  सौगात थापलियालाई विशेष सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ।

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. १ पीपल नलाङ निवासी थापलियाले आफूले अध्ययन गरेको सोही विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ६५ थान पोशाक (ट्र्याक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गरेका हुन्।

विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतको उपस्थितिमा उक्त कदरपत्र प्रदान गरिएको हो।

विद्यालयले सौगात थापलियाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै भविष्यमा समेत यस्तै सामाजिक सेवामा प्रेरणा मिलोस् भन्ने कामना गरेको छ।

शिक्षा क्षेत्रमा यस्ता सकारात्मक सहयोगले विद्यालय, विद्यार्थी र समुदायलाई थप हौसला मिल्ने विद्यालय प्रशासनको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...