धादिङ, – धादिङको फुर्के खोलानजिक रहेको पृथ्वी राजमार्गको सूचना बोर्ड करिब चार वर्षदेखि जीर्ण अवस्थामा थियो। यात्रुहरूलाई जानकारी प्राप्त गर्न कठिन हुने अवस्थामा रहेको सो सूचना बोर्ड अब नयाँ स्वरूपमा पुनःस्थापना गरिएको छ – त्यो पनि सरकारी सहयोग वा कुनै संघसंस्थाको पहल बिना, दुई व्यक्तिको व्यक्तिगत खर्चमा। बेनिघाटस्थित त्रिशूली रिभर साइड रिसोर्टमा कार्यरत सौगात थपलिया र सन्दीप खड्काले समाजप्रतिको उत्तरदायित्व बुझेका छन्। उनीहरूले आफ्नो खर्चमा सूचना बोर्ड पूर्ण रूपमा परिवर्तन गरी यात्रुहरूका लागि जानकारीमूलक र सजिलो बनाएका छन्। स्थानीय बासिन्दा र यात्रुहरूले उनीहरूको यो पहललाई निकै सकारात्मक रूपमा लिएका छन्। धेरैले सामाजिक सञ्जालमार्फत पनि प्रशंसा व्यक्त गरेका छन्। स्थानीय तह…
धादिङ, असार १९ – सिद्धलेक गाउँपालिका–१, नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयले असार १९ गते विद्यालयका पूर्वविद्यार्थी श्री सौगात थापलियालाई विशेष सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ। धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. १ पीपल नलाङ निवासी थापलियाले आफूले अध्ययन गरेको सोही विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ६५ थान पोशाक (ट्र्याक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गरेका हुन्। विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतको उपस्थितिमा उक्त कदरपत्र प्रदान गरिएको हो। विद्यालयले सौगात थापलियाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै…
धादिङ– नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त भएका छन् । धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् । वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् । नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष सकिय लगत्तै क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालन…
धदिङ : नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा धादिङको अगुवाईमा बिभिन्न संघ सस्थाको आयोजनामा आर्थीक बर्ष २०८१/८२ मा रक्त्तदान कार्यक्रमबाट संकलन भएको रगताको पाउन्ड संख्या सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार सबैभन्दा धेरै लायन्स क्लव अफ काठमाडौं सूर्यमुखीले जम्मा गरेको छ ।जसमा महिला ३४ र पुरुष ८५ जना गरि ११९ जनाबाट रगत जम्मा गरेको छ। आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने र अझै धेरै संख्यामा रग संकलन गर्ने अपेक्षा रहेको धादिङ रेड्क्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भएको छ ।