Skip to main content

Sacho Khabar

सडक सरसफाइमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित स्थानीयको सक्रियता

धादिङ – सिद्धलेक गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउँकमिटीको आयोजनामा सडक सरसफाइसहित श्रमदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत स्थानीयबासिन्दा तथा नेताहरूले मुख्य सडकमा जम्मा भएको हिलो, धुलो र फोहर हटाउँदै बाटो सफा गरेका थिए। सडक सरसफाइको क्रममा स्थानीयले एकआपसमा मिलेर बाटो वरिपरि संकलित मैला व्यवस्थापन गरे भने हिलो पन्छाएर यातायात आवागमन सहज हुने वातावरण तयार पारिएको थियो।

यस अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यू स्वयं स्थानीयसँगै हातमा उपकरण लिएर हिलो सफा गर्दै श्रमदानमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो। उहाँले सरसफाइलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै “स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार हो” भन्ने सन्देश दिनुभयो।

श्रमदान कार्यक्रममा गाउँकमिटीका पदाधिकारी, कार्यकर्तादेखि साधारण बासिन्दासम्म उत्साहपूर्वक सहभागी भएका थिए। सहभागीहरूले श्रमदानलाई केवल सफाइ कार्य नभई आपसी एकता र सहकार्यको प्रतीकका रूपमा लिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...