Skip to main content

Sacho Khabar

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने भएको छ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा हुन लागेको १४औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै स्थगित भएको थियो । आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताए ।

प्रतियोगितामा सहभागि हुन जिल्लाको १३ वटै पालिकालाई पत्राचार गरि सकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले बताए । गंगाजमुना गाउँपालिका बाहेक सबै पालिकाले स्थानीय स्तरको रनिङ शिल्ड गरेको भएपनि शिक्षकहरूको आन्दोलनका कारण १३ गतेबाट हुने जिल्ला स्तरीयमा कति पालिका सहभागी हुन्छन् भन्ने यकिन नभएको उनको भनाई छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले यहि बैशाख १५ गतेभित्र खेलाडी छनोट गरि पठाउन निर्देशन दिएसंगै आकस्मिक रूपमा १३ गतेबाट प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष तामाङले बताए । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिनेछ । गत वर्ष सम्पन्न भएको १३औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो। प्रतियोगिता यहि १५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...