Skip to main content

Sacho Khabar

प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, दुई संकायबीच खेल प्रतिस्पर्धा हुने

बेनिघाट रोराङ, धादिङ।

बेनिघाट रोराङ-५, स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा “प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता” को आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवका खेलहरूलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउनका लागि विभिन्न विधाका खेलहरू तथा बौद्धिक प्रतियोगिताहरू समावेश गरी यो विशेष प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

संकायबीच प्रतिस्पर्धा
प्रतियोगितामा क्याम्पसका दुई संकायहरू : व्यवस्थापन (BBS) र शिक्षा (B.ED) बीच मुख्य प्रतिस्पर्धा हुनेछ। सम्पूर्ण खेल तथा बौद्धिक कार्यक्रमहरू मंसिर २१, २२ र २३ गते सञ्चालन हुनेछन्।
आयोजकले सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित भई आफ्नो संकायको तर्फबाट खेलमा सहभागी हुन र आफ्नो संकायलाई जिताउन सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ।

स्ववियुको सक्रियता र निरन्तरताको अपेक्षा
चन्द्रोदय बहुमुखी क्याम्पसका स्ववियु सभापति अभिषेक पाण्डे ले यस प्रतियोगिताको आयोजनामा स्ववियुको सक्रिय भूमिका रहेको जानकारी दिनुभयो।
स्ववियु सभापति अभिषेक पाण्डेले भन्नुभयो, “स्ववियुको सक्रियतामा प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता हुँदै छ, हामीले बिजारोपण गरेका छौँ। यो प्रतियोगिताले प्रत्येक वर्ष निरन्तरता पाइरहोस् भन्ने हाम्रो अपेक्षा छ।”
यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदको भावना अभिवृद्धि गर्दै आपसी भाइचारा र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...