बेनिघाट रोराङ, धादिङ। बेनिघाट रोराङ-५, स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा "प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता" को आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवका खेलहरूलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउनका लागि विभिन्न विधाका खेलहरू तथा बौद्धिक प्रतियोगिताहरू समावेश गरी यो विशेष प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। संकायबीच प्रतिस्पर्धा प्रतियोगितामा क्याम्पसका दुई संकायहरू : व्यवस्थापन (BBS) र शिक्षा (B.ED) बीच मुख्य प्रतिस्पर्धा हुनेछ। सम्पूर्ण खेल तथा बौद्धिक कार्यक्रमहरू मंसिर २१, २२ र २३ गते सञ्चालन हुनेछन्। आयोजकले सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित भई आफ्नो संकायको तर्फबाट खेलमा सहभागी हुन र आफ्नो संकायलाई जिताउन सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। स्ववियुको सक्रियता…