Skip to main content

Sacho Khabar

बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा एकादशी विशेष सांस्कृतिक कार्यक्रम हुँदै

धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा हरेक वर्षझैं यस वर्ष पनि हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। आगामी कार्तिक १४ गते हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा लोकप्रिय कलाकारहरू टीका सानू, आशा बिसी, राजकुमार नेपाली, भरत बराकोटी, नवराज काप्रि (भाले), सपना रोका र अविरल मगर लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम रहेको छ।

यस वर्षको कार्यक्रमका मुख्य संरक्षक बेनीघाट रोराङ गाउँपालिका, विशालटार रहेका छन्।कार्यक्रमको आयोजक महादेवस्थान सामुदायिक सिकाई केन्द्र र आमा समूह सञ्जाल, महादेवस्थान हुन्।

कार्यक्रमलाई सफल बनाउन हवासिन सिमेन्ट प्रा.लि., शिवम सिमेन्ट प्रा.लि., त्रिशक्ति होल्डिङ प्रा.लि. र आर्जित कन्स्ट्रक्सन प्रा.लि. ले विशेष सहयोग प्रदान गरेका छन्।

सांस्कृतिक, धार्मिक र सामाजिक एकता प्रवर्द्धनका उद्देश्यले आयोजना हुँदै आएको यो वार्षिक कार्यक्रम यसपटक पनि उत्साहपूर्ण र भव्य हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...