Skip to main content

Sacho Khabar

धादिङको नीलकण्ठ–४ मा वडास्तरीय तीज गीत प्रतियोगिता हुने

धादिङ, भदौ ९ ।
हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ ।

“सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ ।

प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत १ हजार रुपैयाँ वितरण गरिनेछ ।

गीतको बोल शिष्ट, सभ्य र सन्देशमूलक हुनुपर्ने र कुनै पनि व्यक्तिविशेषलाई आक्षेप गर्ने वा जात, जाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने गीत स्वीकार नगर्ने वडा कार्यालयले जनाएको छ । साथै मौलिक संस्कृतिलाई झल्काउने भेषभूषालाई विशेष प्राथमिकता दिइनेछ ।

वडा कार्यालयका कार्यवाहक अध्यक्ष हेम बहादुर श्रेष्ठका अनुसार प्रतियोगिताले महिलाको प्रतिभा उजागर गर्नका साथै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...