Skip to main content

Sacho Khabar

एडभान्स एकेडेमीमा तीज विशेष एकल नृत्य प्रतियोगिता सम्पन्न

 

धादिङ — एडभान्स एकेडेमीले तीज पर्वको विशेष अवसर पारेर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा ८५ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूको प्रस्तुति रंगीन पोशाक, आकर्षक शैली र तालमेलले भरिपूर्ण रहेकाले दर्शकदीर्घामा उपस्थित अभिभावक, शिक्षक तथा विद्यार्थीहरू मन्त्रमुग्ध बनेका थिए। साथै कक्षा ८, ९ र १० का विद्यार्थीहरूले प्रस्तुत गरेका शो डान्सहरूले कार्यक्रमलाई अझै रमाइलो र मनोरञ्जनात्मक बनाएको थियो।

प्रतियोगिताको अध्यक्षता विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ज्ञानी माया तामाङले गर्नुभएको थियो। निर्णायकको भूमिकामा ड्रीम वेभ डान्स एकेडेमीका कोरियोग्राफर तथा विद्यालयका नृत्य शिक्षक रीना गुरुङ, साथै प्रि–प्राइमरी इन्चार्ज तथा नृत्य शिक्षिका अलिशा गुरुङ रहनुभएको थियो।

विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र पदक विद्यालयका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खाली ,प्रिन्सिपल, उप–प्रिन्सिपल तथा विशेष अतिथिहरूद्वारा प्रदान गरिएको थियो। विद्यालयले हरेक वर्ष फरक–फरक नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ जसबाट विद्यार्थीहरूको लुकेका प्रतिभा पहिचान र विकास गर्न सकिन्छ। यस वर्षको प्रतियोगिताबाट पनि नयाँ नृत्य प्रतिभाहरू उदाएका छन्।

एडभान्स एकेडेमीले विद्यार्थीहरूको सम्पूर्ण क्षमताको विकासका लागि विभिन्न सह–पाठ्यक्रम गतिविधिहरू आयोजना गर्दै आएको छ। विद्यालयले आफ्नो मुल मन्त्र “विद्यार्थीहरूको लुकेका प्रतिभा उजागर गर्ने” रहेको भन्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलतालाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

यस अवसरमा एडभान्स एकेडेमी परिवारले सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई तीज पर्वको मंगलमय शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...