Skip to main content

Sacho Khabar

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र भत्किन थालेको छ ।

स्थानीयले सहिदहरुको अनुहारसमेत मेल नभएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । “सहिदको नाममा लाखौँ बजेट खर्च भयो तर न त अनुहार मिलेको छ, न कामको गुणस्तर टिकेको छ,” एक स्थानीयले भने, “यो त सहिद अपमान हो ।”

सालिक निर्माण भर्खरै सम्पन्न भए पनि हालैदेखि टुक्रिन थालेको देखिन्छ । यसले निर्माण कार्यमा गुणस्तरहीन काम भएको स्पष्ट देखाएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् ।

यसअघि पनि विभिन्न ठाउँमा सार्वजनिक ढुकुटी खर्च गरेर बनाइएका संरचनाहरू छोटो समयमै भत्किएका घटना दोहोरिँदै आएका छन् । खाल्टे सहिद पार्कमा भएको यो घटना पनि त्यही कमजोर योजना र लापरबाहीको अर्को उदाहरण भएको जनताको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...