Skip to main content

Sacho Khabar

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर ईन्स्योरेन्स,भैरवी ईन्टरपाईजेजको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव अफ धादिङ भैरवीको अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहाकार सरोज अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, १२ नम्बर जोन चियर्स पर्सन कृष्ण प्र ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम बिक, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह, आयुर्वेद तथा चिकित्सालय धादिङका कार्यालय प्रमुख डा.अमुल्य दाहाल लगायत विशिष्ट व्यक्तिहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रमले समाजमा रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्न तथा रगत अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लायन्स क्लव अफ धादिङ भैरवीले यस अघि स्वावलब्बी बहिरा आधारभुत बिद्यालय प्राङ्गणमा वृक्षारोपण, बिद्यार्थीहरुलाई शितल छहारी नेपालीको सहयोगका बिद्यालय पोशाक र आमाको माया छात्राबासमा शौचालय निर्माण लगाएतको समाजिक कार्य सम्पन्नगरि सकेको छ ।19015

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...