Skip to main content

Sacho Khabar

नीलकण्ठ नगरपालिकाबाट `ग´ वर्गका अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य विमा

धादिङबेसी।श्रावण २३,२०८२

नीलकण्ठ नगरपालिकाले आ व २०८२/०८३ देखि `ग´ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क स्वास्थ्य विमा गर्ने भएकाे छ ।
साउन २१ गते बसेकाे नीलकण्ठ अपाङ्गता समन्वय समितिकाे बैठकले आ ब २०८२/०८३ साउन देखि लागू हुने गरि अनुमानित २७५ जना`ग´वर्गका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य विमाकाे रकम सत प्रतिशत नगरपालिकाले नै व्यहोर्ने नीतिलाई बैठकले पारित गरेकाे हाे ।

“स्वास्थ्य विमाकाे रकम`क´वर्गलाई संघीय सरकारले`ख´ वर्गलाई प्रदेश सरकारले र`ग´वर्गलाई नीलकण्ठ नगरपालिकाले व्यहोर्ने छ” समितिका संयाेजक दिपक विश्वकर्माले पैरवी अनलाइनलाई बताए ।

विगत वर्षमा ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत स्वयं व्यक्तिले व्यहाेर्नु पर्ने नीति थियो भने यस आ व देखि सत- प्रतिशत विमाकाे रकम नगरपालिकाले नै व्यहोर्ने नीतिलाई नगरसभाले नै पास गरेकाे हाे ।

यस कार्यक्रमबाट अनुमानित २७५ जना अपाङ्गता भएका ५ जना सम्मका परिवारले प्रत्यक्ष फाइदा लिन सक्नेछन् ।

यस कार्यक्रमका लागि नगरपालिकाले आफ्ना १४ वटै वडामा पत्रचार मार्फत जानकारी गराउने, मिडिया मार्फत पनि प्रचार प्रसार गर्ने र`ग´वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई याे सेवा लिनका लागि आव्हान गरेकाे छ ।

नगरपालिकाले आगामी दिन देखि अपाङ्गता भएका व्यक्तिहरूकाे तथ्यांक डिजिटल सिस्टममा राख्न पनि शुरूवात गरिसकेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख उर्मिला थपलियाले जानकारी दिएकी छिन् ।

अपाङ्गताकाे क्षेत्रमा स्थानीय सरकारले विभिन्न नीति, नियम तथ कानुन निर्माण गरि आफ्ना नागरिकहरूलाई सेवा सुविधा दिन सक्ने व्यवस्था भए पनि विभिन्न बहाना र आलटाल गर्ने खाेजे पनि अपाङ्गता अभियन्ता र स्थानीय जन- प्रतिनिधि तथा कर्मचारीकाे संयुक्त प्रयासबाट नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि गरेका काम सकारात्मक छ । आगामी दिनमा अझ बढी सेवासुविधा दिन सक्ने अवस्थामा जाहाेस । यस्ता सकारात्मक प्रयासलाई अन्य पालिकाहरूले पनि सिक्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...