Skip to main content

Sacho Khabar

नीलकण्ठ बहुमुखी क्याम्पसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २११ जनाले गरे स्वास्थ्य परीक्षण

धादिङ — नीलकण्ठ बहुमुखी क्याम्पसको २६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा औषधि वितरण कार्यक्रममा २११ जनाले स्वास्थ्य सेवा लिएका छन्।

पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ -१२ मा सम्पन्न कार्यक्रममा

  • महिला १४१ जना
  • पुरुष ७० जना
    ले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

कार्यक्रमको प्रमुख आतिथ्य नीलकण्ठ नगरपालिका वडा नं.–१२ का अध्यक्ष राजकुमार भण्डारी रहनुभएको थियो। कार्यक्रमको सुरुवात उहाँकै स्वास्थ्य परीक्षणबाट  सुरु गरिएको थियो।

 

 

शिविरमा MDGP, BDS र BAMS विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण, मधुमेह जाँच तथा आयुर्वेदिक औषधि वितरण सेवा प्रदान गरेको थियो।

शिविरपछि धादिङ अस्पतालका डा. दिनेश रेग्मीले बताए अनुसार, शिविरमा धेरैजसो बिरामीमा उच्च रक्तचाप (प्रेसर) र मधुमेह (सुगर)का समस्या भेटिएका थिए।

डा. रेग्मीले भने, “उहाँहरूमा समस्या पत्ता लाग्नु नै ठूलो कुरा हो। धेरैजसोले रोग लुकाइराख्ने, नियमित औषधि नखाने गर्दा पछि जटिल समस्या देखिन्छ। यस्ता शिविरहरूले रोगको पहिचानमा ठूलो मद्दत गर्दछ।”

साथै, क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले क्याम्पसले विद्यार्थीलाई किताबको ज्ञान मात्र नभई सामाजिक कार्यमा सहभागी गराई व्यावहारिक शिक्षा दिने उद्देश्य राखेको बताए। उनका अनुसार, विद्यार्थीहरूले समुदायमा गएर सेवा गर्दा सामाजिक जिम्मेवारीबोध बढ्ने विश्वास क्याम्पसको छ।

एक सहभागीले भने, “यस्ता शिविरले गाउँघरमा बस्ने हामीलाई धेरै सुविधा भएको छ। बेला–बेला यस्तो कार्यक्रम आए हामीलाई निकै सहज हुन्छ।”

क्याम्पस प्रशासनले आगामी दिनमा पनि यस्तै कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...