धादिङ — नीलकण्ठ बहुमुखी क्याम्पसको २६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा औषधि वितरण कार्यक्रममा २११ जनाले स्वास्थ्य सेवा लिएका छन्। पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ -१२ मा सम्पन्न कार्यक्रममा महिला १४१ जना पुरुष ७० जना ले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य नीलकण्ठ नगरपालिका वडा नं.–१२ का अध्यक्ष राजकुमार भण्डारी रहनुभएको थियो। कार्यक्रमको सुरुवात उहाँकै स्वास्थ्य परीक्षणबाट सुरु गरिएको थियो। शिविरमा MDGP, BDS र BAMS विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण, मधुमेह जाँच तथा आयुर्वेदिक औषधि वितरण सेवा प्रदान गरेको थियो। शिविरपछि धादिङ अस्पतालका डा. दिनेश रेग्मीले…