Sacho Khabar

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं

धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। हाल उहाँको उपचार काठमाडौंस्थित नेपाल नेशनल अस्पताल को आईसियुमा भइरहेको छ।

उहाँसँगै अन्य घाइतेहरूको पनि उपचारपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जनाइएको छ। विसुन्खेले आफू अहिले बोल्न सक्ने अवस्थामा पुगेको जानकारी दिनुभएको छ।

दुर्घटनापछि उद्धारमा खटिनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

यसैबीच अस्पताल व्यवस्थापनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। अस्पतालका म्यानेजर समीर शर्माले उपचाररत बिरामीहरूको उपचारमा कुनै कमी हुन नदिने जानकारी दिनुभयो।

अस्पतालका अनुसार उपचारका लागि आएका १० जना घाइतेमध्ये एक जना डिस्चार्ज भई पोखरा गएका छन् भने अर्का एक जना आफ्ना आफन्त ट्रमा सेन्टरमा रहेकाले त्यहाँ सरुवा गरिएको बताइएको छ।

त्यसैगरी कास्कीको लेखनाथ घर भएका ३५ वर्षीय प्रतीक पौडेल, जो दुर्घटनाग्रस्त बसका सहचालक हुन्, हाल सोही अस्पतालको जनरल वार्डमा उपचाररत छन्।

दुर्घटनाबारे उनले भने,

“एक्कासी तल पुगेपछि मात्र थाहा भयो।”

उनका अनुसार दुर्घटना अत्यन्तै अचानक भएको थियो। “दुर्घटना यति छिटो भयो कि केही समयसम्म के भइरहेको छ भन्ने नै थाहा भएन। गाडी अनियन्त्रित भई तल खसेपछि मात्रै हामी दुर्घटनामा परेको स्पष्ट भयो,” उनले बताए।

घटनापछि ओम प्रकाश अर्याल घाइतेहरूलाई भेट्न अस्पताल पुग्नुभएको थियो। उहाँले बिरामी तथा आफन्तहरूसँग भेटघाट गर्नुभएको बिरामीका आफन्तले बताएका छन्।

त्यसैगरी बस व्यवसाय समितिका तर्फबाट पनि प्रतिनिधिहरू अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेका छन्। उपचारमा लाग्ने सम्पूर्ण खर्च समितिले बेहोर्ने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...